भिजिट नेपाल २०२० को आधिकारिक लोगो

२०७५ जेष्ठ २६, शनिबार १४:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भिजिट नेपाल २०२० को आधिकारिक लोगो सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठन गरिएको मूल समितिले शुक्रबार उक्त लोगो सार्वजनिक गरेको हो ।
उक्त लोगो काठमाडौं बौद्धका ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएका हुन् ।

नेपाल पर्यटन बोर्डले ‘भिजिट नेपाल २०२०’ का लागि १० दिनको समयसिमा राखेर फेसबुकमार्फत आव्हान गरेको थियो । बोर्डले नेपाल चिनाउने तथा यहाँको प्रकृति, कला, संस्कृति झल्किने शैलीको लोगो आव्हान गरेको थियो । उक्त समयसिमाभित्र फेसबुकमार्फत १ सय ४५ वटा लोगो प्राप्त भएकोमा उद्धव रिमालले पठाएको लोगो उत्कृष्ट घोषणा गरिएको हो ।

सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो । यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ’भिजिट नेपाल १९९८’ र २०११ मा १० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेर’ भ्रमण वर्ष मनाइएको थियो । यसैबीच २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले सन् २०२० मा भ्रमण वर्ष मनाउने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय