हिमालयन ट्राभल मार्ट २०१८ सुरु

२०७५ जेष्ठ १९, शनिबार ०६:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राजधानीमा हिमालयन ट्राभल मार्ट २०१८ सुरु भएको छ।  पाटा नेपालको समन्वय तथा नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु भएको मार्टमा नेपाल, बंगलादेश, रुस, चीन, पाकिस्तान, भुटान लगायत ३७ वटा राष्ट्रका प्रतिनिधिले भाग लिएका छन् ।

विभीन्न ट्राभल  एजेन्सीका प्रतिनिधीहरु समेत मार्टमा सहभागी भएका छन् । मार्टमा विभिन्न देशबाट आएका टुर अपरेटर, चलचित्रकर्मी, ट्राभल ब्लगर्स तथा संचारकर्मी, अन्तर्राष्ट्रिय वक्ताहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु गरी एक सय ६० जनाभन्दा बढीको सहभागिता रहेको आयोजक पाटाले जनाएको छ ।

दोस्रो हिमालयन ट्राभल मार्टको मुख्य उद्देश्य नेपालमा १२ वर्षपछि ५० लाख पर्यटक भित्र्याउने रहेको बताइएको छ । मार्टमा  विभिन्न मुलुकका ट्राभल एजेन्सीले ५४ राष्ट्रका प्रतिनिधिलाई पर्यटकीय प्याकेज विक्री गर्नेछन्।
नेपालको हिमाली क्षेत्रको पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्ने उद्देश्य लिएर मार्ट आयोजना गरिएको आयोजकले जानकारी दिएकोछ।

कार्यक्रममा इन्टरनेसनल चाइना इन्भेष्टमेन्ट फोरमका अध्यक्ष डा. मार्कस लिले नेपाल पर्यटन वोर्डले संचालनमा ल्याएको वेबसाइटले सकारात्मक भुमिका खेलेको बताए । वेबसाइटमार्फत नेपाल के का लागि प्रसिद्ध छ भनेर वेबसाइटमा क्विज आयोजना गरि साप्ताहिक रुपमा विजयीलाई टुर प्याकेज लगायतका आकर्षक उपहार राखिदिएमा नेपालको पर्यटन प्रवर्द्धन अझ राम्रोसँग हुने थियो। यो नै एड्भान्स मार्केटिङ हो उनले भने। चीनका प्रमुख शहर मात्र नभइ ग्रामीण क्षेत्रमा पनि नेपालको पर्यटन बजारीकरण गर्न जरुरी रहेको उनको भनाई छ ।

हिमालयन ट्राभल मार्टले नेपालको पर्यटन प्रवर्द्धनकालागि महत्वपुर्ण भूमिका खेल्दै आएको परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले बताए । दोस्रो हिमालयन ट्राभल मार्टको तीन दिनभर विभिन्न राष्ट्रका प्रतिनिधीले पर्यटन प्रवर्द्धनका उपाय साटासाट गर्ने, नेटवर्किङ बढाउने लगायतका समन्वयात्मक काम गर्ने उनले बताए । शुक्रबार सुरु भएको ट्राभल मार्ट आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय