पशुपतिमा दिपाश्रीले जालकुण्ड, केकीले पिपल र मलिकाले कपुरको बोट रोपे र प्रशंसा यसरी गरे

२०८१ बैशाख ११, मंगलवार १६:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दिपाश्री निरौला केकी अधिकारी र मलिका महत तिन अभिनेत्री सोमबार बिहानै पशुपतिनाथको विश्वरुपा छेउ मृगस्थली पुगेर बृक्षारोपण गरेका छन् । ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने अभियान अन्तर्गत सोमबार बिहान पशुपतिनाथ क्षेत्रको मृगस्थलीमा तराई बिकास तथा संञ्चारकेन्द्र नेपालले आयोजना गरेको कार्यmत्रममा सहभागि भै अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले जालकुण्ड ,नायिका तथा निर्मात्री केकी अधिकारीले पिपल र नायिका मलिका महतले कपुरको बोटो रोपे । केकी अधिकारीको प्रदर्शनरत चलचित्र बोक्सीको घरमा पनि पिपल समेटेको र पशुपतिमा आएर पिपलनै रोप्न पाउदा केकीले खुशी ब्यक्त गरीन कार्यक्रममा कलाकार,गृह सचिव एकनारायण अर्याल अर्थ सहसचिव,बिद्युत प्राबधिकरणका कार्यकारी निर्देशक, कुलमान घिसिड सिडीयो,कानून ब्याबसायी तथा संचारकर्मीलगायतले बृक्षारोपण गरे। बृक्षारोपणमा बरिष्ट चलचित्रकर्मी तथा चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल,,चलचित्र पत्रकार,निर्देशक लक्ष्मण सुवेदी,,गायक युवराज चौलागाई,गायिका सुनीता दुलाललगायतले बिभिन्न प्रजातीका बिरुवा रोपेका थिए ।

 

आयोजक संस्थाका अध्यक्ष बरिष्ट पत्रकार गोबिन्द चौलागाईंले हरेक ब्यक्तिले आफ्नो जन्मदिनको दिन कम्तीमा एउटा मात्रै पनि बिरुवा रोप्ने गर्यो भने वातावरण सन्तुलनमा ठूलो टेवा पुग्ने सोचका साथ यो अभियान सुरु गरेको बताए । उनले यो अभियान केही समयअघि रौतहटको चन्दपुर–९ सिन्धुरे घारी मर्दर चाँदी खोला छेउबाट सुरु गरिएको जानकारी दिए ।

काठमाडौ जिल्लाका प्रमुख जिल्ला जितेन्द्र बस्नेत, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,अर्थ मन्त्रालयकी सहसचिव पार्वती शर्मा, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल,प्रमुख जिल्ला बन अधिकृत,काठमाडौ पुष्पराज बतौला, वरिष्ट पत्रकार जीबराम भण्डारी, मध्यान्ह दैनीकका सम्पादक मदनकुमार श्रेष्ठ, बरिष्ट अधिवक्ता स्वागत नेपाल,नेपाल समाचार पत्र दैनीकका प्रधान सम्पादक सागर पण्डित, प्रशासन डटकमका प्रधान सम्पादक एसआर उपाध्याय, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिकुमार केसी, वरिष्ठ मुटुरोग विशेषज्ञ ओम मुर्ति बन्जाडे, बरिष्ट अधिवक्ता उद्धव चौलागाई,समाजसेवी डम्बरप्रसाद चौलागाईलगायतका ब्यक्तित्वले बृक्षारोपण गर्दै आफुहरु यो अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
बृक्षारोपण पश्चात दिपाश्री ,केकी र मलिकासंगको रमाइलो कुराकानी भिडियो ।

(9) दिपाश्रीले जालकुण्ड केकीले पिपल र मलिकाले कपुरको बोट रोपे पशुपतिनाथ पुगेर अनि प्रशंसा यसरी गरे – YouTube

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय