अर्घाखाँचीमा २५ करोडको सुुन्तला उत्पादन

२०७५ पुष १०, मंगलवार ०८:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अर्घाखाँची जिल्लामा यस वर्ष करिब २५ करोडको सुुन्तला उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।

गत वर्ष २० करोड ५० लाख रुपैयाँको सुुन्तला उत्पादन भएकोमा यस वर्ष झन्डै पाँच करोडले वृद्धि हुुने कार्यालयको अनुुमान रहेको कृषि प्रसार अधिकृत थीरलाल गैरेले बताए ।

जिल्लामा उत्पादन हुुने सुुन्तलामध्ये पाँच करोडको सुुन्तला जिल्लामै खपत हुुने बाँकी जिल्लाबाहिर पठाइने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १२ सय हेक्टर क्षेत्रफलमा सुुन्तला खेती गरिएकोमा ८४ सय मेट्रिक टन सुुन्तला उत्पादन हुुने अनुुमान गरिएको छ । आठ सय हेक्टरमा सुुन्तला र चार सय हेक्टरमा मौसम, किन्नुुलगायत फलफूल उत्पादन भएको छ । यो वर्ष मौसम राम्रो भएकाले सुुन्तला उत्पादनमा करिब २० प्रतिशतले वृद्धि भएको गैरेले बताए ।

सुुन्तला बिक्री गर्न कृषकलाई कुुनै समस्या छैन । अहिले बुुटबल, पाल्पाका व्यपारीले घरमै आएर बोटबाटै सुुन्तला खरिद गर्ने गरेका छन् । रुखबाटै सुुन्तला बिक्री हुने हुनाले बेच्न कुुनै समस्या नहुुने पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युुत गौतमले बताए ।

पाणिनि गाउँपालिका १ पणेना सिम्लेका रेवति पौडेलले सुुन्तला खेतीबाट वार्षिक १० लाख आम्दानी गर्छन् । उनले करिब ३० रोपनी जग्गामा सुुन्तला खेती गरेका छन् । यो वर्ष पनि उनले करिब ११ लाखको सुुन्तला उत्पादन गरे ।

कम लगानी र मेहेनतमा सुुन्तला खेती गर्न पाएपछि कृषक यसप्रति आकर्षित भएका हुन् । ‘भिरालो जमिनमा यसको उत्पादन राम्रो हुुन्छ’, पौडेलले भने, ‘राम्रो आम्दानी हुुने भएपछि सुुन्तला खेती गर्न लागेको हौं’ । उनले यस वर्ष मौसम अनुुकूल भएका कारण सुुन्तला उत्पादनमा वृद्धि भएको बताए । अन्य अन्नबाली लगाउँदा वर्षमा ६ महिना पनि खान नपुुग्ने भएपछि अहिले यहाँका अधिकांश कृषक व्यावसायिक सुुन्तला खेती गर्न थालेका छन् ।

सिम्लेका अर्का कृषक चिरञ्जीवी पौडेल पनि व्यावसायिक सुुन्तला खेतीमा लागेर राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले वार्षिक पाँच लाख आम्दानी गर्ने बताए । यस वर्ष गत वर्षभन्दा बढी उत्पादन भएकाले आम्दानी पनि धेरै हुुनेमा उनी विश्वस्त छन् । ‘पानी पर्याप्त आयो’, उनले भने, ‘असिना परेन, रोग पनि नलागेकाले उत्पादमा पनि वृद्धि भयो’ । पणेनामा मात्र वार्षिक रूपमा करिब दुुई करोडको सुुन्तला उत्पादन हुुन्छ ।

जिल्लामा उत्पादन भएको सुुन्तला बुुटवल लैजाने गरिएको कृषकको भनाइ छ । बुुटवलबाहेक कपिलवस्तुु, पाल्पा, गुुल्मी र भारतका केही ठाउ“मा पनि यहा“को सुुन्तला जाने गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय