सुनको भाउ घट्यो लसुनको बढ्यो ,मासु खानै नसक्ने

२०७६ माघ २१, मंगलवार ०८:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा दैनी उपभोग्य बस्तुको महगीले आकाशै छोईरहेको हुन्छ ।

जस्का कारण देैनीक जीवन चलाउन सर्वसाधरणलाई कठीन छ । प्याजको भाउले आकाश छोएको केही समय पछि हाल लसुनको भाउले सर्वसाधरणलाई शरीद गर्न नसक्ने बनाएको छ । ९ सय रुपैया केजीमा हाल लसुनको बिक्री भैरहेको छ ।

एकपोटी लसुनको ५० रुपैया भन्दा बढी मुल्यमा खरीद गर्नुपर्ने स्थिति रहेको छ । त्यस्तै कुखुरको मासुको मुल्य पनि एकैपटक ४ सय ५० रुपैया केजीमा पुगेको छ । यता मंगलबारे सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

सुन ७६ हजार रुपैयाँमा कारोबार भईहरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार घटेको हो । यस्तै तेजावी सुनको मुल्य मंगलबार ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ । चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय