
आज आईतबार सुनको मूल्य ह्वात्तै ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि छापावाल सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ।
आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।
आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो। ्
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।