ग्रील तथा स्टील व्यवसायीको गुनासो

२०७५ माघ २७, आईतवार ११:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ग्रील तथा स्टीलजन्य उत्पादनमा संलग्न व्यवसायीहरुले मुलुकको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएका ग्रील तथा स्टील व्यवसायीलाई सरकारले उपेक्षा गरेको बताए  ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २४ औं वार्षिक साधारणसभामा उपस्थित व्यवसायीले  गुनासो गरेका हुन् ।

महासंघका अध्यक्ष मोहन कटुवालले मुलुकभर ११ हजार भन्दाबढी ग्रिल व्यवसायी रहेको र आफूहरू कानूनी दायरामा आएर कर तिछौं भन्दापनि सरकारले उपेक्षा गरेको बताए ।

उनले दर्ता प्रक्रियालाई सहज बनाईदिन सरकारसँग आग्रह पनि गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ग्रीलजन्य पेशालाई मर्यादित र व्यवस्थीत बनाइनुपर्ने माग गरे ।

त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंह, महसंघका पूर्वअध्यक्ष एवं साउथ एसिया कन्ट्रिज एसएमई फोरमका अध्यक्ष सुरेश प्रधानलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरूले ग्रील व्यवसायीलाई कानूनी दायरामा ल्याउन सरकारले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय