
यतिबेला लमजुङमा चिया ब्यवसाय फस्टाईरहेको छ । जसुको शुरुवात ओम गुरुङले गरेका हुन । फिल्म निर्माता समेत रहेका ओम गूरुङ आफ्नै गाउमा चिया खेती र बिक्रि बितरणको बिस्तार हुदा निकै खुशी छन् ।
दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थालेका हुन् ।
विसं २०६७ मा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका विरुवा लगाई व्यावसायिक चिया खेती सुरु गरेका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती गरेका छन् । शुरु शुरुमा हातैले चिया प्रशोधन गरेँ ।
अहिले १२ लाख लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेको यसबाट नियमित पाँच जनाले रोजगारी पाएको उनले बताए ।