न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।
डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।
देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी आउने खबर पाएर ४/५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।
देवकोटाले घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको छ । गिलासको पानी चच्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइएको थियो ।
पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।
डा. देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ ।


