टुरिष्ट बस एसोसियन अफ नेपालको अध्यक्षमा शर्मा

२०७६ माघ १२, आईतवार ०६:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

टुरिष्ट बस एसोसियन अफ नेपाल टिवान  को आसन्न निर्वाचन सम्पन्न भएको छ ।

माघ १० काठमाडौँमा सर्वसहमतमा भएको निर्वाचनमा अध्यक्ष पदमा ईश्वर शर्मा विजयी भएका छन् । अध्यक्ष शर्मासहित टिवानमा सात कार्यसमिति रहेको छ ।

जसमा प्रथम उपाध्यक्ष ढकनाथ काफ्ले, द्धितिय उपाध्यक्ष सुशिल दाहाल, महासचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष सुजन आचार्य, सदस्य चिरिञ्जनी रेग्मी, असोक अर्याल रहेका छन् ।

निर्वाचित अध्यक्ष शर्मले टुरिष्ट बस ट्रमिनललाई पुर्ण रुप दिने र सातै प्रदेशमा टुरिष्ट बसलाई पुर्याउने लक्ष्य लिएको बताएका छन् ।

उनले अन्तराष्ट्रिय बजारमा टिवानको पहिचान र सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय