‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले मे १७ को बिहान ९स्३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकीर्तिमान कायम गरेको पर्यटन विभागले जनाएको छ।
सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेकी छन् ।


