“एलीफेन्टस इन द फग”टिमलाइ नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको सम्मान

२०८३ जेष्ठ १६, शनिबार १०:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल फिल्म एण्ड कल्चर एकेडेमीले कान्स फिल्म फेस्टीभलमा सहभागिता जनाएर फर्कीएको एलीफेन्टस इन द फग टिमलाई सम्मान गरेको छ । गत बुधबार एक कार्यक्रम गरी नेपाल फिल्म एण्ड कल्चर एकेडेमीले टिमलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा फिल्मको टिमले फिल्म निर्माण देखि कान्स फेस्टीभलमा सहभागिता जनाउदा सम्मको अनुभवहरु साटेका थिए । नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठकले नेपाली फिल्मको स्तरोन्नती भैरहेको बताए । कान्समा वर्ल्ड प्रिमियर भएको फिल्मले फ्रान्समा आयोजित समापन समारोहमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको महत्त्वपूर्ण पुरस्कार मानिने ‘जुरी प्राइज’ जित्न सफल भएको थियो । उक्त विधाको यो दोस्रो ठूलो पुरस्कार हो, जुन पहिलो पटक नेपाली फिल्मले जित्न सफल भएको हो ।

अविनाश विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको ‘एलिफेन्ट्स इन द फग’ले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने लैङ्गिक अल्पसंख्यक समुदायको कथा भनेको छ । यसमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय