ल्यान्डमार्कको आधुनीक सुबिधा सम्पन्न होटल देखि फार्म हाउस सम्मको सेवा

२०८२ माघ ६, सोमबार ०६:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

शारदा थापा –
ल्यान्ड्मार्क होटल तथा रिजोर्टस नेपाली चेन होटलहरुको भिडमा प्रमुख होटलमा पर्दछ । ल्यान्ड्मार्क होटल तथा रिजोर्टस अन्तर्गत देशका प्रमुख पर्यटकीय हब ६ वटा शहरमा अवस्थित छ । हाल ल्यान्ड्मार्क होटल एन्ड रिजोर्ट्स्ले फरक कन्सेप्टमा देश्को प्रमुख ६ शहर काठमाडौ ,पोखरा ,चित्त्वन भरतपुर ,देबघाट र ,भैरहवाबाट देश तथा बिदेशका पाहुनाहरुलाई सेवा दिइरहेको छ । ल्यान्ड्मार्क होटल्स एन्ड रिजोर्टस ३२ बर्षदेखि संचालनमा छ ।

ल्यान्ड्मार्क होटल्स तथा रिजोर्टसका निर्देशक सिएन पाण्डे ल्यान्डमार्क होटलको आतिथ्यतानै प्रमुख बिशेषता रहेको बताउंछन् । पर्यटन क्षेत्रको हस्पीटालीटीमा बिबिधता भित्राउने उदेश्यले फरक कन्सेप्टमा ल्यान्डमार्कले डाउन्टाउन हबमा स्थानीय विशेषताहरुलाई ध्यानमा राखी पर्यटकहरुलाई सेवा दिने उदेश्य रहेको ल्यान्ड्मार्क होटल्स एन्ड रिजोर्ट्सका निर्देशक पान्डेको भनाई छ ,
ल्यान्ड्मार्क होटल्स एन्ड रिजोर्ट्सका निर्देशक सिन एन पान्डे भन्छन फरक फरक पर्यटकको चाहनालाई ध्यानमा राखी सेवा सुबिधा दिन हाइ स्टान्डर्डका पर्यटक देखि प्रकृतिसंग रम्नको चाहने पर्यटकलाई हामीले ध्यानमा राखी ल्यान्डमार्क संचालन गरीरहेका छौ हाम्रो पोखरा ल्यान्डमार्क सरकारले तोकेको क्राइटेरीयाको फोर स्टार होटल हो जहां टे«कीङ रुटमा जाने र मोस्ट ह्यापेनीङ सीटी पोखरा घुम्न जाने पर्यटकहरुको लागि रहेको छ ।

चित्तवन बाघमारामा रहेको ल्यान्डमार्क फोरेष्ट पार्क वाइल्ड लाईफ स्पेन्ट गर्न चाहनेहरुको लागि हो भने भरतपुर स्थित ल्यान्डमार्क नारायणीमा देवघाट धार्मीक पर्यटकीय स्थल भएकाले देश बिदेशबाट आउने पर्यटकहरु संगै बिज्नेश इभेन्टहरुको लागि बिशेष छ , त्यस्तै ल्यान्डमार्क भैरहवा पनि । यता काठमांडौको दरबारमार्गमा रहेको ल्यान्डमार्क काठमांडौ पनि उत्तिकै स्पेशल छ । ल्यान्डमार्क काठमांडौमा ५० वटा रुम छन् त्यस्तै पोखरमा १०० बढी रुम , भरतपुरमा ७० रुम , चित्तवन ल्यान्डमार्क फोरेस्ट पार्कमा ७० बढी रुमहरु छन् त्यस्तै भैरहवामा ५० बढी रुमसंगै सबै होटलमा कन्फ्रेन्स हल स्पा ,रेष्टुरेष्ट स्विमिङपुल लगायतका सुबिधाहरु छन् । एक पटकमा हामी सबै ठाउमा गरेर १ हजार बढी पर्यटकहरुलाई सेवा दिन सक्छौ ।

ल्यान्डमार्क फार्म हाउसको परीकल्पना


भर्खरै तनहुका्े देवघाटमा ल्यान्डमार्क फार्महाउस खोलीएको छ ,नारायणगढ मुग्लीन सडकखण्ड स्थित दासढुगांबाट पारी ३ किलोमिटर भित्र रहेको फार्महाउसमा हामीले नेचरलाई प्राथमिकता दिएर सेवा दिन्छौ जहां प्रचिन चिजहरु रहेका छन् , हामीसंग लामो समय नेचरसंग खेल्दै स्टे गर्न चाहने र शान्तिको अनुभुति गर्न चाहने पर्यटकहरु पनि धेरै छन् त्यसैले फार्महाउसकै कल्पना गरेर संचालनमा ल्याएको हो । जहांबाट धार्मीक स्थल देवघाटपनि नजिकैपर्छ । फार्महाउस भीत्र आधुनिक भन्दा पनि नेपाली कल्चर अनुसारको प्राकृतिक चिजहरु उपलब्ध हुन्छन् । जहां काठैकाठको संरचना तयार पारेका छौ ।
भिडियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय