‘झरीपछिको इन्द्रेणी’ लाई दर्शकको खडेरी

२०८२ पुष १५, मंगलवार १७:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निकै आश गरीएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’लाई दर्शकको खडेरी परेको छ । प्रदर्शनको दोश्रो साता प्रबेश गर्दासम्म खासै दर्शकको चाप देखिएन बरु फिल्मको हाइप बढाउन निर्माण टिमले राजनीतिज्ञ ,सेलीब्रेटी शो गरेपनि दर्शकको भने खडेरी परेको छ । चलचित्र विकासबोर्डले हरेक साता निकाल्ने आधिकारीक सिनेपा बक्स अफिस तथ्यांकमा एक सातको बक्स अफिस निकै कम्जोर रहेको छ । करोडौ लगानी भएको फिल्मको एक सातामा मात्र ६२ लाख ६९ हजार ४ सय ७५ मात्र रहेको छ यो निकै कमजोर बक्स अफिस हो ।

काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र साहकै लगानी भनेर शुरुवाती दिनमा चर्चा पनि चलेको थियो फिल्मको र फिल्मले हाइप लिने धेरैले आंकलन गरेका थिए । हिट सीरीयल सक्कीगोनीका लेखक निर्देशक, कलाकार अर्जुन घिमिरे ‘पाँडे’ेले निर्देशन गरेको भनेपछि दर्शकको चाप बढ्नेमा निर्माण टिम लगाएत सबै विश्वस्त थिए ।
फिल्म हलमा रिलिज भैसकेपछि सपना सबै उडायो हुरीले भनेझै भयो र निर्माण टिमलाई ठुलो झटका लाग्यो । यतिनै बेला निदेशक अर्जुृन घिमिरेले भने हल नपाएको गुनासो गरीरहेका छन् भने आफुले बनाएको टलिसिरियललाई फिल्म भन्दानी गज्जबको भन्दै प्रशंसा गरेको तर फिल्मप्रति चासो नदिएको पीडा पोखीरहेका छन् । त्यसोत निर्देशक घिमिरेलाई आफुले गरेको सबै काम दर्शकले संधै मन पराउंछन भन्ने भ्रम मात्र रहेछ भनेर पनि आलोचना भैइरहेको छ । फिल्मको एउटा र्याप गित र्यापर चर्चित मेयर बालेन साहलेनै गाएका छन् भने शुरुमै फिल्म हेरेर बालेन साहले सामाजिक संञ्जालमा प्रचार पनि गरे तर दर्शकलाई ‘झरीपछिको इन्द्रेणी’प्रति चासो जागेको देखिएन ।
पछिल्लो समय प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको मन जित्न सकेको छैन यसै मेसोमा पर्यो ‘झरीपछिको इन्द्रेणी’ । देशको राजनीतिक अस्थिरता, जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोश संगै इमानदार कर्मचारी र बाबुको संघर्षको कथा फिल्ममा रहेको छ ।
दोश्रो सातमा प्रबेश गरेको ‘झरीपछिको इन्द्रेणी’ ले दर्शकको साथ कति पाउला हेर्न बांकी छ ।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य मुन्नी० लगायतको अभिनय छ । एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् । निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।

फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा बनेको फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय