चाइनिज भ्लगरहरु घुमाउदै सिग्नेचर होलीडे, नेपाल सुरक्षित छ भन्ने सन्देश

२०८२ आश्विन १३, सोमबार १७:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सिग्नेचर होलीडे प्रइभेट लिमिटेडले नेपालको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्र्न चाइनिज भ्लगरहरुसंग सहकार्य गरी नेपालको भ्रमण गराइरहेको छ । यतिबेला नेपालमा आएर चाइनिज समाजिक संञ्जाल प्रयोकर्ताहरुले ताजा फाटो भिडियोहरु मार्फत नेपालको बारेमा जानकारी गराइरहेका छन् । यसैबीच सिग्नेचर होलीडे प्रइभेट लिमिटेडले सोमबार सांझ चाइनिज भ्लगरहरुसंग प्रत्यक्ष साक्षात्कार गर्यो ।

सिग्नेचर होलीडेका संचालक शरण श्रेष्ठले नेपालको बारेमा नकरात्मक सन्देश नफैलियोस र विश्वमा नेपाल सुरक्षीत छ भन्ने सन्देश दिन अन्तरक्रिया कार्र्यक्रम गरेको बताए । जहा ंमिलियन फलोअर्स भएका चाइनिज ५५ जना भ्लगर्सहरु सहभागि भएर आफ्नो नेपाल भ्रमणको सम्झना गरे । चाइनिज भ्लगरर्स तथा पर्यटकले प्यानल डिस्कसन गरी आफुहरु नेपाल घुम्दा जिन्दगीको आनन्दनै बेग्लै रहेको बताए ।

बिशेष गरी हिमाली क्षेत्र टे«कीङ रुटहरु अन्नपुर्ण,मनास्लु हिमाल,लगायतका स्थानहरुमा पुग्दा जिन्दगीको पल कहिले नबिर्सने बताए भने आफ्ना मेमोरीहरुलाई फाटो भिडियो भ्लग समाचार बनाएर आफुहरुले नेपालको प्रमोसन गरेको उनिहरुको भनाई थियो । चाइनिज भ्लगरले हिमाली क्षेत्रमा टे«कीङ गर्दै पुग्दा अनुभव गरेका अप्ठयारा र समस्याका कुराहरु पनि शेयर गरे भने महिलाहरुले पनि हिमाल चढ्न सक्ने रैछ भन्ने अनुभव संगालेको अनुभव सुनाए । हाल नेपाल आएका ५५ जना चाइनिज युवा भ्लगरहरु मध्ये १४ जना भ्लगरहरुको सामाजिक संञ्जालमा मिलियनस फलाअर्स रहेको छ ।

कार्यक्रममा बाग्मती प्रदेश पर्यटन मन्त्री सुरेश श्रेष्ठले नेपाल पर्यटकहरुको लागि सुरक्षित रहेको र बाग्मती प्रदेशले पनि बिदेशमा भ्लगरहरुलाई निम्ता दिएर नेपालको प्रमोसनको लागि बजेटनै छुटाएको बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले अहिले सामाजिक संञ्जालको माध्यमनै सशक्त भएकाले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन कार्यक्रम महत्वपुर्ण रहेको बताए ।

टानका अध्यक्ष सागर पाण्डेले नेपालको लागि चीन र भारतका पर्यटकहरु सबैभन्दा धेरै आउने भएकाले सामाजिक संञ्जाल प्रयोगकर्ताहरुको माध्यमबाट नेपालको पर्यटनप्रबद्र्धन प्रभावकारी हुने बताए । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपालको बिभिन्न् स्थानको बारेमा जानकारी गराउदै बिश्व सामु नेपालको बारेमा जानकारी गराइदिन चाइनिज भ्लगरहरुलाई आग्रह गरे । सिग्नेचर होलीडे प्राइभेट लिमिटेडका संचालक शरण श्रेष्ठका अनुसार चाइनिज भ्लगरहरु नेपालका शहरी हिमाली लगायतका पर्यटकीय बिभिन्न क्षेत्रमा १४ दिनसम्म भ्रमण गरेर फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय