
“मन बिनाको धन” पहिलो फिल्मको सफलता पछि फिल्म निर्देशक गायक तथा संगीतकार टंक बुढाथोकीले ‘बा-आमा’ शीर्षकमा फिल्म बनाउने तयारी गरेकाछन ।
बुढाथोकीले पहिलो फिल्म आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन’ शीर्षकमा बनाएका थिए जुन फिल्मले ५१ दिन पार गर्यो भने अब दोस्रो फिल्म ” बा – आमा” पनि ५ बर्ष अघिको आफ्नै हिट गीतबाट शीर्षक राखेका छन । “बाबुहरु कलाकार अशोक दर्जी र आफ्नै छोरा एआर बुढाथोकी पनि गीतहरू बाटै परिचित भए र समाजमा पनि राम्रो सन्देश दिए गीत मार्फत त्यसैले फिल्मको शीर्षक गीतको शब्द बाटै राखेको निर्देशक बुढाथोकीले भने फिल्म पनि पारिवारिक सामाजिक बिषयमा बन्नेछ ।”
फिल्मको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ।’मन बिनाको धन’बाट फिल्ममा डेब्यु कलाकार बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी ‘बा-आमा’ मा अभिनय गर्नेछन भने अन्य कलाकार छनोट भैरहेको उनले बताए।
टंक बुढाथोकीकै कथा रहने फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्।
फिल्म ‘बैशाखदेखि छायांकन सुरू गर्ने बताइएको छ ।’
‘मन बिनाको धन’ ले बक्स अफिसमा ३ करोड ८० लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो। फिल्ममा अशोक दर्जी र एआर बुढाथोकी दुवैको शीर्ष अभिनय थियो ।


