
माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र बिगुलका निर्मार्ता निर्देशक फिल्मको बारेमा जानकारी दिन येति बेला पुर्वी शहर झापा, इटहरी ,बिराटनगर, धरान लगाएत शहरमा पुगेर दर्शकहरुलाई फिल्मको बारेमा जानकारी गराउने कार्यक्रम गरिरहेका छन । यसै बीच इटहरीमा निर्माण टिमले मिडिया तथा फिल्मसग सम्बन्धित ब्यक्ति तथा दर्शकहरूसग साक्षात्कार गरीसकेका छन । प्रचारको लागि टिमले बिगुल लेखेको आकर्षक क्याप् टोपी समेत प्रयोग गरि बाडिरहेको छ ।

नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलरले एतिबेला दर्शकको मन जितिरहेको छ।
फिल्म `बिगुलले अहिलेको राजनीतिको अवस्थालाई मेल खाने बिषयबस्तु समाबेश गरेको निर्देशक रमेश कोइरालाले जानकारी गराएका छन ।
देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा `बिगुल´ मा उठान गरिएको बिषयबस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्न सक्ने ट्रेलरका दृश्य र सवादले बताएको छ ।

अभिनेत्री बेनीशा हमाल,अभिनेता नरेन खड्का,बिनोद न्यौपाने लगाएतको अभिनय रहेको फिल्म बिगुलमा दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका छन । सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्मा र रविन्द्र खड्का विशेष भूमिकामा रहेको फिल्म बिगुलमा नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन । फिल्म बिगुलमा प्रदीप भारद्ज मौनता श्रेष्ठको लेखन रहेको छ ।
शिव ढकालले खिचेका फिल्म बिगुल तारा थापा `किम्भे´ ले सम्पादन गरेका हुन भने गीतमा काग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।


