
रास्वपा वरिष्ठ नेता बालेन्द्र साह शनिबार काठमाडौं स्थित ग्रान्डी अस्पताल पुगेर चलचित्र पत्रकार तथा चलचित्र पत्रकार सघका निबर्तमान अध्यक्ष दिनेश सिटौलाको स्वस्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन।
दिनेश सिटौलाको स्वस्थ्य अवस्था बुझ्नकै लागि बालेन कर्णालीमा घरदैलो कार्यक्रम स्थगित गरेर शनिबार बिहान काठमाडौ आइपुगेका हुन उनी एयर्पोर्टबाट सिधै सवा १२ बजे ग्रान्डी अस्पताल पुगेर आधा घन्टा चिकित्सहरुसग परामर्श गरेका थिए । पत्रकार सिटौला बालेनका नजिकका साथी हुन। पश्चिम क्षेत्रमा भैरहेको चुनावी अभियानमा हिडिरहेका दिनेश शुक्रबार बिहान अछाममा एक्कसी बेहोस भैसकेपछी सेनाको हेलिकप्टरमा काठमाडौस्थित ग्रान्डी अस्पतालको आइसियु मा राखेर उपचार भैरहेको छ। अस्पताल स्रोतका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको हो।

रास्वपा वरिष्ठ नेता साहसँगै सिटौला पनि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ पुगेका थिए। बालेनको टिममै रहेका अर्जुन घिमिरे पाडेका अनुसार शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा चिया खान लाग्दा दिनेश सिटौला एक्कासी बेहोस भएका हुन त्यसपछि तुरुन्तै नजिकको अस्पताल पुर्याएर सिपिआर गरेर सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो ।
रगपत्रकारीतामा डेढदशक बढि बिताएका दिनेश सिटौलाको स्वाथ्य गम्भीर भएसगै रगपत्रकारहरु चलचित्रकर्मिहरु, ग्रान्डी अस्पताल पुगेर स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेका छन ।



चलचित्र पत्रकारिताको क्षेत्रमा लोकप्रीय दिनेश सिटौलाको अवस्था गम्भीर भएको अस्पताल स्रोतले जानकारी गराएपछि रग पत्रकार तथा चलचित्र पत्रकारहरु ग्रान्डी अस्पतालको प्राङणगानमा पुगेर स्वास्थ्य लाभको कामना गरिरहेका छन । २०७६ साल देखि ३ बर्षसम्म दिनेश सिटौला चलचित्र पत्रकार संघ नेपालको एक कार्यकाल सफलता पुर्वक निर्वाह गरेका थिए ।


