जेनजी प्रदर्शनले पर्यटन क्षेत्रमा असर र फेरी उठ्ने साहास

२०८२ आश्विन १२, आईतवार ०४:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

शारदा थापा
भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलन पश्चात सबै क्षेत्र अस्तब्यस्त बन्यो । यहि बिचमा पर्यटन क्षेत्र अछुतो रहने कुरै भएन । यस अघिका आन्दोलनमा पर्यटन क्षेत्रमा भौतिक आक्रमण भएको थिएन तर जेनजी आन्दोलनमा दुई दर्जन होटलहरु तोडफोड र आग्जानी भयो । जस्का कारण सेप्टेम्बरमा आइरहेका र नेपाल घुम्न आउनेवाला पर्यटकहरुमा एक खालको त्रास उत्पन्न भयो । यतिबेला पर्यटन क्षेत्रका संघसंस्थाहरुले पर्यटन क्षेत्र सुरक्षीत रहेको जानकारी बिश्वभर फैलाउन आ आफ्नो तरिकाले काम गरीरहेका छन् । सबैले भनेका छन् हामी फेरि उठछौं । यहि बीचमा पर्यटन क्षेत्रका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको जेनजी प्रदर्शनपछिको अनुभव र योजना ।

#त्रास छ तर हामी उठ्छौं – दिपकराज जोशी ,सिइओ नेपाल पर्यटन बोर्ड

जेनजी आन्दोलन पछि ३५५ ले पर्यटकको सख्या घट्यो ।आन्दोलन भन्दा अगाडि प्रतिदिन ३२ सय पर्यटकको आगमन थियो भने जेनजी आन्दोलन भएको साता ५०५ ले घट्यो प्रतिदिन १६ सय मात्र पर्यटकको आगमन भयो र अहिले प्रतिदिन २२ सय पर्यटकको आगमन भैरहेको छ यहि क्रममा पर्यटक बढाउन नेपाल सुरक्षीत छ भन्ने सन्देश ससारभर पुराउन जरुरी छ । जसको लागि पर्यटन बोर्ड्ले नेपाल नाउ क्याम्पियन चलाइरहेको छ भने पर्यटन क्षेत्रसग सम्बन्धि सबै गतिविधि अगाडि बढाइरहेको छ । यस बर्ष बढी पर्यटकको अपेक्षा थियो तर विभिन्न कारण तेस्तो हुन सकेन यो बर्षको सेप्टेम्बर सकिदा सम्म । जताततै प्रहरी चौकी तोडफोड भाको छ कैदीबन्दीहरु भागेका समाचार आइरहन्छ त्यसैले ,नेपाल जान सुरक्षीत छैन कि भन्ने डर पर्यटकमा देखिन्छ । अहिलेको प्रमुख प्राथमिकता भनेको पर्यटकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिनु हो सरकारले यस्लाई प्राथमिकता दिनुपर्छ । बिगतमा पनि धेरै बाधा आए तर पर्यटन बाचेको छ ,नेपाल एउटा एस्तो देश जहाँ पर्यटकलाई बाधा छैन त्रास छ तर हामी उठ्छौ ।

#दुई दर्जन होटलमा आगजानी बिनायक शाह,अध्यक्ष होटल एशोशीयसन नेपाल
जेनजी प्रदर्शनमा होटल एशोसियसन नेपाल (हान)को तथ्यांक अनुसार दुई दर्जन होटल जलेको छ । काठमाडौ,पोखरा भैरहवा र झापा लगाएत ठाउँहरुमा होटल जलेको छ । यस्ले पर्यटकमा नराम्रो सन्देश जान्छ र हामीले सकारात्मक सन्देश सचार गर्न लाईभ अप्डेट गरिरहेका छौ ।अब क्षेतिग्रस्त होटलहरुलाई पुनरुथ्थान गर्न पहल गरिने छ । देशैभरी भएका बिदेशी पर्यटकहरुलाई शान्ती सुरक्षा दिन पहल गरिरहेका छौ । अहिले हामीले यसरी सुरक्षा दिरहेका छौ भनेर बिदेशी पर्यटकहरुलाई बिश्वस्त गराउन प्राथमिकता दिनु पर्छ । सरकारले पर्यटकलाई सुरक्षाको प्रत्याभूति गराउन पहिलो प्राथमिकता दिनुपर्छ । हामी फेरि उठ्नेछौ ।

#ट्रेकिङ रुटहरु सुरक्षित छन् -फुरगेल्जे शेर्पा अध्यक्ष, एन.एम.ए.

जेनजी आन्दोलनले पुर्बाधारमा क्षेती पुग्यो । दुई दिनको आन्दोलन भयानक थियो तर हामीले धेरै बुकिङ क्यानसील हुन्छ सोचेका थियौ तेस्तो भएन । स्वभाबिक रुपमा आन्दोलन पश्चात् बुकिङ क्यान्सील भयो तर हामीले द्रुतगतिमा सन्देश प्रवाह गर्यौ ,नेपाल सुरक्षीत छ पर्यटकको लागि भनेर । नेपालका ट्रेकिङ रुटहरु होटलहरु खुल्ला र सुरक्षीत छन भनेर सूचना फैलाएपछि अहिले पर्यटकहरुको आगमन भैरहेको छ येस्लाई सकारात्मक मान्नु पर्छ ।

समयमा चुनाव हुनुपर्छ -सागर पाण्डे अध्यक्ष टे«कीङ एजेन्सीज एशोसीयसन अफ नेपाल (टान)
जेनजी आन्दोलनले पर्यटक आगमन घट्यो ,जसले आर्थिक चक्रलाई असर गर्यो । प्रत्यक्ष अप्रत्यक्ष असर गरीरहेको छ ,रोजगारमा यसै पनि असर परिहाल्यो । ट्रेकिङमा भने अलि कम क्षेति छ । पर्यटन बोर्डको तथ्यांक अनुसार ३५ देखि ४०५ पर्यटक घटे यो सेप्टेम्बरमा। सेप्टेम्बरमा लस भयो,जसका कारण , होटल ट्रेकिङ ट्रान्स्पोर्ट ,फ्लाइट सबैतिर असर परिरहेको छ । अर्कोतिर नेपालमा होटल नै जलाईयो भनेपछि झन नराम्रो सन्देश गएको छ हस्पिटालीटी सेक्टरमा अब क्विक रिकभरी तर्फ लाग्नु पर्छ । जस्तो परिस्थिति आएपनी सामना गरेर अगाडि बढ्नुको बिकल्प छैन । अब यो अन्तरिम सरकारले तोकीएको समय चुनाव गर्नु पर्छ र देशमा स्थायित्व कायम भयो भने पर्यटन क्षेत्रले आकार लिन्छ ।

# होल्ड भएको बुकिङ खुल्न थाल्यो -कुमारमणी थपलीया अध्यक्ष नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा )
जेनजी आन्दोलनका कारण शुरुमा गार्हो भयो सबैको कन्सर्न थियो सुरक्षाको । तर अहिले भने होल्ड भएको बुकिङ खुल्न थालेको छ । पर्यटकहरुलाई नेपालीहरुले जहिले पनि फ्रेन्ड्ली हेरीरहेकाले पर्यटकको सख्या अहिले बढीरहेको छ । १० बर्षे जनयुद्धमा पनि पर्यटकलाई कुनै हानी थिएन ,र कर्फ्यु लागेको बेलापनि पर्यटकहरु साइड सिन गरिरहेका थिए सुरक्षानै महत्त्वपुर्ण हो ।
गतबर्ष ११ लाख पर्यटकको आगमन थियो यो बर्ष १५ लाख पुर्याउने योजना भएपनि परिस्थितिले गार्हो बनाएको छ । पाकिस्तान र इन्डियनमा क्राइसिस हुदानी नेपालमा पर्यटक घट्ने देश हो नेपाल । त्यसैले सरकारले शान्ति सुरक्षाको प्रत्यभुती दिएर पर्यटकहरुको आगमन बढाउन सहयोग पुर्याउनु पर्छ ।

#होटल माथिको आक्रमण निन्दनीय छ – कमल सापकोटा ,उपाध्यक्ष नेपाल पर्यटन बोर्ड
नेपालमा धेरै आन्दोलन भए दश बर्षे जनयुद्ध ,मधेस आन्दोलन ,जन आन्दोलन भयो त्यो समयमा पनि पर्यटकलाई हरियो प्लेटको गाडिमा राखेर घुमाउने गरिन्थ्यो तर यो पटक हस्पिटालिटी क्षेत्र होटलमा आक्रमण भयो जेनजी आन्दोलनको क्रममा यो निन्दनीय छ ।
नेपाल सुरक्षीत छ भन्ने सन्देश फैलाउन नेपालका हरेक ठाउँबाट प्रत्यक्ष जानकारी गराउने काम भैरहेको छ । नेपालमा पर्यटक भित्राउन प्रचार प्रसार नै महत्त्वपूर्ण हो । अहिले यिनै कामहरुमा हामी केन्द्रित छौ।

भिडियो बार्ताको लिंक



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय