
पर्वरोहण र ट्रेकिङ क्षेत्रमा हुने फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विभिन्न सात जनालाइ पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल,
प्रवन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्ड र सञ्चाल एवं प्रवन्धक सुभाष केसी पक्राउ गरी अनुसन्धान सुरू गरिएको जानकारी दिएको छ । येस्ता घटना पहिलो हैन,जस्ले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छबिलाई बदनाम बनाएको छ ।

सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको छ । फेक रेस्क्यु गरि उस्ले १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।
त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ ।
त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।


