ठमेलमाअनुगमन सुरु

२०८० बैशाख २३, शनिबार १५:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल पर्यटन विकास परिषदले ठमेललाई सुरक्षित र व्यवस्थित बनाउने हिसाबले अनुगमन सुरु गरेको बताएको छ ।
ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेललाई सुरक्षित बनाउने हिसाबले अनुगमन सुरु गरेको बताए । ठमेलमा पारिवारिक वातावरण सिर्जना गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाका नगर प्रहरी, सोह्रखुट्टे र दरबारमार्ग विटका प्रहरी पर्यटन प्रहरी, ट्राफिक प्रहरी, ठमेलका घरधनी र व्यवसायीको बैठक बसेर अभियान सुरु गरेको शर्माले बताए ।

। ठमेलमा केही लुटपाटका घटनाहरु भइरहेको, सडक बालबालिका बढेको, फुटपाथमा पनि व्यवासय गरेर सहज तरिकाले हिड्ने वातावरण सिर्जना नगराएको हुँदा यसलाई व्यवस्थित गर्नुपर्छ भनेर अलिकति कठोर हिसाबले व्यवस्थापन गर्न यो काम सुरु गरेको हो ।

एक महिनाको कामको समीक्षा गरेर नयाँ कार्यक्रम ल्याउने शर्माले बताए । उनले अहिले ठमेलका होटल व्यवसायीहरुले ध्वनी प्रदुषणका कारण ग्राहकहरु राख्न सकिएन भनेर गुनासो गर्ने गरेको सुनाउँदै त्यस्तो अवस्था कहाँ कहाँ छ रु भनेर अनुगमन गरेको पनि बताए ।

ठमेलका सडकहरुमा ठेलामा राखेर फास्ट फुड बेच्ने, मासु पोल्ने कुराले वातावरण प्रदुषित हुनुका साथै वरिपरिका होटल तथा रेस्टुरेटलाई असर परेको, पर्यटकहरुले पनि गुनासो गरेको बताउँदै शर्माले यस्ता सडक व्यवसाय बन्द गर्न भनेको बताउँदै सडकमै माग्ने र सुत्ने १२–१३ जना मानिसहरु भेटिएकाले उनीहरुलाई मानव सेवा आश्रममा लगेर राख्ने बताए ।

ठमेललाई एक महिनाभित्रमा सुरक्षित, प्रदुषणमुक्तसँगै सडकहरु पिच कालोपत्रे गरिसक्ने र पार्किङस्थलको तथ्यांक संकलन गरी ट्राफिक व्यवस्थापन मिलाएपछि हरेक शुक्रबार साँझ सडक महोत्सव आयोजना गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय