
संसारभरका थरीथरीका पर्यटकहरुको सामिप्यमा रहन्छन् बरिष्ठ गाइड के .बी बाराकोटी । हरेक बर्ष जब पर्यटकीय सिजन शुरु हुन्छ तब उनलाई भयाइनभ्याई हुन्छ पर्यटकहरुको सेवा गर्न । कोभीड पछि थलिएको पर्यटन क्षेत्र अहिले चलायमान हुदै गैरहेको र नेपाल आउन पर्यटकहरुको लागि सुरक्षित रहेको बाराकोटीको भनाई छ ।
झन्डै डेढ दशक उनले पर्यटहरुलाई नेपाल घुमाएर समय बिताइरहेका छन् । बरिष्ठ गाइड तथा हाइकीङ एड्भेन्चर टे«क्सका टिम लिडर समेत रहेका बाराकोटीले नेपालका सबै टे«कीङ रुटमा पर्यटकरुलाई पुर्याएका छन् ।
पर्यटकहरु लाई गाइड गर्दै जादा धेरै प्राकृत्तिक बिपत्ती परेको अनुभव बाराकोटीसंग छ ,तर दृढ विश्वासका साथ आफ्नो जिम्मेवारी पुरा गरेको बताउछन् उनी । दरो मुटु लिएर टे«कीङ गर्न पर्छ उनि भन्छन् हामीले त बिदेशमा नाम राख्न पर्छ बिदेशी पर्यटकहरुले हाम्रो सेवाप्रति गुनगान गाउन लायक हुन पर्छ ।
भर्खरै अन्नपुर्ण बेसक्याम्प मलेशियन ग्रुप पुर्याएर फर्किएका केबी बाराकोटी देश अनुसारका पर्यटक हुन्छन कतिपय पर्यटकहरु सारै खराब पनि हुने गरेको अनुभव बताउछन । तर सकेसम्म धेरै भन्दा धेरै पर्यटकहरु नेपाल भित्राउन पाहुनालाई गर्ने आतिथ्यतामा भने कमी हुन नदिने उनी बातउछन् ।
त्यसो त पर्यटन क्षेत्रमा शेर्पा समुदाय तथा मंगोलीयन समुदायका बढी गाइडहरु भैरहेको समयमा पछिल्लो समय अन्य समुदायबाट पनि गाइडहरु आइरहेका छन् यहि भीडमा ब्राम्हण समुदायबाट केबी बाराकोटी पनि हुन , उनलाई शुरुवाती दिनमा केहि अप्ठयारो भएपनि अहिले भने सहज रहेको छ काम गर्नका लागि । अरुलाई प्रेरणा दिदै मेहनती र इमान्दार भए यो क्षेत्रमा नाम दाम दुबै कामउन सकिने केबी बाराकोटी बताउछन् ।

OLYMPUS DIGITAL CAMERA