टान निर्वाचनमा निलहरि बास्तोला काँग्रेसको तर्फबाटआधिकारिक उम्मेद्वार

२०७९ श्रावण २०, शुक्रबार ०३:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाली काँग्रेसप्रति आस्थाराख्ने पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै सङ्गठनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी निलहरि बास्तोलालाई आधिकारिक उम्मेदवार उठाउने भएको छ ।

टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी सङघ निट नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बास्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । दुुबै सङ्गठनका अध्यक्ष क्रमश दीपक महत र आरबी अधिकारीको रोहबरमा बास्तोलालाई आधिकार उम्मेदवारको रुपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको निट नेपालका अध्यक्ष दिपक महतले जानकारी दिनुभयो । महतले दुबै सुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रुपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताउनुुभयो ।

अध्यक्षका प्रत्यासी बास्तोलाले सुभेच्छुक संस्थाबाट आफूू टान अध्यक्षको आधिकारिक उम्मेद्वार भएकाले व्यवसायीक छलफल र प्रचार–प्रसारलाई तीब्रता दिएको बताउनुुभयो ।

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बास्तोला अब्बल प्रतिस्पर्धीको रुपमा चुनावी अभियानमा होमिनुभएको छ। पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बास्तोला टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको शाखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताउनुुभयो ।

टानलाई विसुद्ध व्यवसायिक संस्थाको रुपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई ब्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको चाहना छ । चुनावी दौरानमा पर्यटन व्यवसायी बीच योजना सुनाइरहनुभएका प्रत्यासी बास्तोलाले टानको भूमिकालाई समयसापेक्ष प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औंल्याउदैँ आफू नेतृत्वमा पुगेको खण्डमा टानलाई व्यवसायीले हैन टानले व्यवसायीलाई खोज्ने वातावरण बनाउने प्रतिवद्धता समेत जनाउनुभयो ।

व्यवसायी बास्तोलाले भन्नुभयो,“विस २०३५ मा टान स्थापना भएको हो । टानको ईतिहासमा आजसम्म टानले व्यवसायीलाई एक कल फोन गरेर ‘तपाँइहरुको व्यवसाय कस्तो छ, के गरिरहनुभएको छ’ भनेर सोध्नुभएको देख्नुभएको छैन होला । अहिलेको आवश्यकता के हो भने तपाँइ हामीले टान खोज्ने हैन टानले व्यवसायीलाई खोजिदियोस् भन्ने भावनाका साथ एजेण्डा लिएर जानुपर्छ ।”

बास्तोलाले आफू नेतृत्वमा पुगे दुई वर्षे क्यालेन्डर बनाएर पर्यटन व्यवसायलाई अहिलेको डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गर्नुुका साथै कोभिड महामारीपछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय र अन्तराष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने उल्लेख गर्नुभयो ।

सन् २००२ देखि टानमा आवद्ध बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुनुहुन्छ । बाँस्तोलाको एशियन हेरिटेज गुप्र अफ कम्पनी अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, भेहिकल, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै उहाँले एसियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएको छ ।

नजिकिएको निर्वाचतका लागि नेतृत्व लिन व्यवसायी प्रतिस्पर्धी उम्मेदवारी घोषणा गरेर चुनावी दौडमा रहेका छन् । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवम् निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।

टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित, एक जना पूर्वाध्यक्ष तथा एक जना टान गण्डकीका अध्यक्ष रहनेछन् भने र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय