नाम र निर्देशक परिवर्तन गर्दे रेखा निर्देशक

२०७५ बैशाख १७, सोमबार १०:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नायिका तथा निर्मात्री रेखा थापा मालीकाको निर्देशन गर्दैछिन् ।

केही समय अघि सम्झना उप्रेती रौनीयारलाई निर्देशनको जिम्मेवारी दिएकी थिईन जतिबेला नाम राखिएकको थियो लालमस्तिष्क

तर सबैको सुझावमा नायिका रेखा थापाले नाम परिवर्तन गरी मालिका ।

मालिका संगै निर्देशक सम्झना उप्रेती रौनीयार पनि हटिन फिल्मको युनिटबाट कारण भने खुलेको छैन किन आउट भईन सम्झना भनेर अब नायिका रेखा थापा आफै निर्देशक बन्दैछिन् फिल्म मालीकाको ।

मालीकाको लागि तिन महिना लगाएर जरकोटकी १४ बर्षिय कमला ओली नायिका रेखा थापाको फिल्ममा अनुबन्धीत भएकी छिन् ।

कमला अहिले काठमांडौ आएकी छिन् । फिल्मका निर्माता नरबहादुर कार्कीले कमलाको बारेमा सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन् ।

 


कमला जीवन मा पहिलो पटक रात्रीबस चढेर कर्णाली बाट काठमाण्डौ आउँदैछिन । परिवर्तनको मुटु पात्र हो र पात्र भित्र अनुभव जन्य आधिकारिकता जरुरी छ । रङमन्चको दुनियाँ दर्शक भएर नियाल्न नपाएकी एक बालिका अब ुमालिकाकोु कथा भन्नेछिन महानायिका रेखा थापाको साथमा । मालिका एउटा कथा जो लाखौं छोरीको ब्रितान्त बोल्नेछ । कर्णालीकी छोरी कमलालाई काठमाण्डौमा स्वागत छ ।
अन्यायको बिरुद्ध लड्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढीरहेकी नायिका रेखा थापाको निर्देशनमा बन्ने मालिकाको कथा शिवम अधिकारीले तयार पार्देैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय