साम्राज्ञी आरएल शाहको १६ लाख पारिश्रमिक

२०७५ चैत्र १८, सोमबार १४:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साम्राज्ञी आरएल शाह अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’मा अनुबन्धित भएकी छिन ।

१६ लाख पारिश्रमिक बुझ्दै साम्राज्ञीले सोमबार औपचारिक रुपमा उक्त चलचित्रका लागि हस्ताक्षर गरेकी हुन ।

अशोक शर्माले निर्माणरनिर्देशन गर्ने चलचित्रका लागि निर्माण टिमका तर्फबाट अशोक र साम्राज्ञी बिच औपचारिक रुपमा सम्झौता भएको हो ।

बैशाखको अन्तिम साताबाट छायाँकन सुरु गरिने जनाइउको चलचित्र दशैको अवसर पारि प्रदर्शन हुने बताइएको छ ।

चलचित्रमा साम्राज्ञीका अलवा बुद्धि तामाङ, रविन्द्र झा, निता ढुङ्गाना, लक्ष्मी गिरी, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामालगायतका कलाकारको अभिनय रहने छ ।

एक दशक अघिको सुपरहिट चलचित्र ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’बाट चलचित्रको नाम राखिएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय