भाटभटेनीका गार्डलाई ५ लाख सम्मान

२०८१ चैत्र १९, बुधबार ०८:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।
आज एक कार्यक्रमबीच उनलाई ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे ।

कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ ।यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

सुरक्षा गार्ड पराजुलीले त्यस दिन लुटपाट गर्नेहरूको एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिटेर लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । पराजुली २२ वर्षदेखि भाटभटेनीमा काम गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय