घरटहरा भत्काउन अहिले बल्खुमा डोजर पुगेको छ । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमबासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाउने तयारी छ । प्रहरीको बाक्लो उपस्थिति छ ।
मानिसहरू सामान सारिरहेका छन् । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।



