नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग हुने उपकरणहरु ९८ प्रतिशत बिदेशबाट आयत हुन्छ । नेपालमा हरेक सामाग्रीहरु बिदेशबाट आयात गर्नुपर्ने बाध्यता छंदैछ नेपालमा उत्पादन गर्न सकिने सामाग्रीहरु पनि उत्पादन गर्न सरकारले तत्परता देखाउदैन । यतिबेला भृकुटीमण्डपमा चलिरहेको नवौं संस्करणको मेडीकल शो २०२६ मा बिभिन्न देशबाट मेडीकल उपकरणहरु प्रदर्शनका लागि राखिएको छ । जहां नेपाल डिस्ट्रब्युटर मात्र बनेको छ । नेपालमा सियो सम्म पनि उत्पादन हुदैन । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)का अध्यक्ष भक्तबहादुर हमालका अनुसार नेपालमा फर्निचर र सिरिन्ज मात्रै उत्पादन हुन्छ त्यो पनि पुर्ण रुपमा उत्पादन गर्न सकेको छैन । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’को नवौं संस्करण सम्म आइपुग्दा यस्ता खालका एक्सपोले सरकारलाई दबाब भने परेको अध्यक्ष भक्त हमाल बताउंछन् । बांकी भिडियो कुराकानी :
नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’को नवौं संस्करण बैशाख बिहिबारबाट काठमाडौंको भृकुटीकण्डपमा शुरु भएको छ एक्सपो शनिबारसम्म चल्नेछ । भारतको एसडी प्रोमो मिडिया र नेपालको रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ९केमसन०ले संयुक्तरुपमा आयोजना गरेको नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’स्वास्थ्य सेवा, डाइग्नोष्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘रहेको आयोजकको भनाई छ ।
नेपालमा सरकारीबाहेक वार्षिक २० अर्बको मेडिकल इक्वीपमेन्टको कारोबार हुने गरेको छ ।
प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका २०० भन्दा बढी प्रदर्शक सहभागी छन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरु एकै स्थानमा छ । एक्स्पोमा अस्पताल, नर्सिङ होम, डाइग्नोष्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज ब्लड बैक तथा खाद्य सामाग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित निर्णयकर्ता तथा खरिद पेशेवरहरुलाई लक्षित गरिएको छ । साथै, दक्षिण एसियाभरका विदेशी खरिदकर्ताहरुको समेत सहभागिता रहेको छ ।


