राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७५ शारदा थापालाई

२०७६ जेष्ठ ९, बिहीबार १४:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७५ चलचित्र पत्रकार शारदा थापालाई प्रदान गरीएको छ । चलचित्र पत्रकारसंघ नेपालले जेठ ७ गते २० औं बार्षिकोत्सवको अवसरमा नगद २१ ह्जार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको हो ।

चलचित्र पत्रकार शारदा थापा बिगत एक दशकभन्दा लामो समयदेखि रेडियो टेलीभीजन लगायतका बिद्युतीय माध्यममा सक्रिय रुपमा चलचित्रसम्बन्धी कार्यक्रम तथा रिपोर्टीङ गर्दै आएकी छन्


संञ्चार मन्त्री गोकुल वास्कोटाले चलचित्र पत्रकारीता पुरस्कार र सम्मान प्रदान गरे ।

कार्यक्रममा चलचित्र पत्रकार शारदा थापा र कुवेर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७५ प्रदान गरीयो भने नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्रपत्रकारीता सम्मान प्रदान गरीयो । फोटोपत्रकार बिनोद पोख्रेललाई प्रोत्साहन पुरस्कार स्वरुप ल्यापटप र ट्रफी प्रदान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय