सिनेकर्मीको रुवाबासी

२०७५ श्रावण ३, बिहीबार ०६:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

मान्छे दुखी हुदा ,धोका खा“दा वा असफल हुदा डा“को छोडेर रुन्छ मन शान्त पार्नको लागि एकान्तमा गएर वा सम्हालीन सकेन भने सबैको अगाडि रुन्छ नै ।

रुनु सामान्य कुरा हैन चाहेर रुन कसैले सक्दैन कोही मान्छे , तर बेलाबेला नेपाली सिने नगरीमा रोएको प्रसंगले खुबै स्थान पाउछ ।
सिनेमाका कलाकारहरुले अभिनय गरेर रोएको हा“सेको धेरै देखिन्छ ।

रिल लाईफका कलाकारहरु रियल लाईफमा बेला बेला डा“को छोडेर रोएको दृश्य पछिल्लो समय धेरै देखिन्छ । नेपालका चर्चित कलाकारहरुले आफुलाई सम्हालन नसकेर मासमा रोएको धेरै उदाहरणहरु छन् ।

बिशेष सिनेमा नगरीका हस्तीहरु सिनेमा हलमा पुगेर सार्वजनिक रुपमा भावनामा बग्दै धेरै रोएका छन् जुन सबैले देखेका छन् ।

केही सिनेमा नगरीका हस्तीहरु रोएको प्रसंग यहा“ प्रस्तुत छ ।

करिश्मा मानन्धर

सदवहार नायिकाको उपमा पाएकी सुन्दरी करिश्मा मानन्धर को लवाईखुवाई र उनको जिवन जिउने शैली हेर्दा किन उनी रुन्छीन होला र लाग्छ ,
तर भौतिक सुखले मात्रै मान्छेलाई पुग्दैन जिवनका उकाली ओरालीमा भोगेका कुराहरुले मान्छेलाई भावुक बनाउ“छ ।

नायिका करिश्मा मानन्धरको पनि शायद केही थियो होला त्यस्तै, केही समय अगाडि मात्रै कान्तीपथको एलोपेगोडा होटलमा चलचित्र विकासबोर्डले महिला शसक्तिकरणको लागि गरेको एक वर्कशपमा नायिका करिश्मा मानन्धरले आफुलाई सम्हाल्न सकिनन र सिनेकर्मीहरुकै माझमा भक्कानीदै लामोसमय रोईरहीन ,

जतिबेला अगाडि बसेर बरिष्ठ कलाकार नृत्यागना मिथिला शर्माले महिला भएर आफुले भोगेका अनुभव सुनाईरहेकी थिईन । जहा नायिका करिश्मालाई सम्मान पनि गरीएको थियो ।

दिपाश्री निरौला
दिपाश्री निरौला पछिल्लो समय छक्का पन्जा ब्रान्ड निर्देशक कलाकार तथा निर्मात्री के कुराले अपुग होला र दुनियालाई हंसाउने पेशा अंगालेकी छन् सबै कुरा पुगेकै छ आम मानिसले देख्ने यहिनै हो ।

तर दिपाश्री निरौलाले आफ्नो फिल्म छक्का पन्जा प्रदर्शन हुदा गोपी कृष्ण हलमा आफ्नो टीमसगै दर्शकसग आशु सहित खुशी साटेका थिए जुन समाचार निकै चर्चित बन्यो । जहा निर्माता तथा कलाकार दिपकराज गिरी ,नायिका प्रीयंका कार्की संगसंगै रोएका थिए ।

श्वेता खड्का

नयिका श्वेता खड्कालाई रोएको सम्भवत प्राय सबै नेपालीले देखेका छन् रियल लाईफमा ।

बिहेपछि छोटो समयमा पति नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात केही बर्ष नायिका श्वेताले रोएरै जिवन गुजारीरहेकी थिईन ।

त्यसपछि आफुलाई सम्हालीन र कान्छी फिल्म बनाईन । कान्छी फिल्म प्रदर्शनकै सन्दर्भमा बिभिन्न ठाउमा श्वेतालाई पटक पटक रोएको आम दर्शकले भिडियो देखीसकेका छन् । फिल्म कान्छीको पहिलो शोमा उनले पनि आफुलाई सम्हाल्न सकिनन कुमारी सिनेमा हलमा डाको छोडेर रोईन दर्शकको माया र खुशीको आशु भन्दै ।

बसुन्धरा भुषाल बरिष्ठ अभिनेत्री उनि पनि मन सम्हाल्न सक्दीनन सम्मान पाउदा होस या कही कसैलाई दुख परोस आंशु छिटो झर्छ । कान्छी फिल्म युनीटले गरेको कान्छी म्युजीकल नाईटमा सम्मान पाउदा बरिष्ठ अभिनेत्री भुषाल सम्हलीन नसकेर रोईरहीन ।

 नायिका रेखा थापा हिम्मतवाली रुपमा कहलएिकी छन् । उनी आफै भन्छीन
म कहिले रुन्न ,तर छबी ओझाले निर्माण गरेको फिल्म मंगलम हेरेर रोईन । फिल्म हेरेपछि प्रतिक्रिया दिदै रेखाले भनीन म कहिले रुन्न तर मंगलम हेरेर रोए ।

 

विपना थापा एकताका नेपाली सिनेनगरीमा राज गरेकी नायिका । विवाहपश्चात चटक्कै फिल्म लाईन छोडेकी हाल १० बर्षको ग्यापमा केही समय अगाडि मिडियामा मजाले छाईन छोरासहित ।

आफ्ना सहकर्मीहरुसंगको सम्बन्धलाई पुनर्ताजगी दिन बिभिन्न कार्यक्रममा सहभागि पनि भईन एक कार्यक्रममा बिपना पनि बिगतलाई सम्झेर भक्कानीएर रोईन ।


आचल शर्मा फिल्म नगरीमा उदाउदैछीन । शुरुवतीमा नै बरिष्ठ कलाकारहरुको टीममा सहभागि हुदै शत्रुगते फिल्ममा अभिनय गर्ने अवसर पाएकी आचलले पनि आफुलाई सम्हाल्न सकिनन र शत्रुगतेफिल्मकै कार्यक्रममा रोईन ।

 पुर्णीमा लामा नव निर्मात्री तथा कलाकार । नेपाली सिनेनगरीमा नवप्रबेशीहरु साहाराबिहिन हुन्छ अनि कोही गतिलो ब्यानरको हातमा पर्छन त कोही मुर्गा बनेर जान्छन् । यस्तै मारमा परिन पुर्णीमा र आफुले निर्माण गरेको हिरोज फिल्मलाई बिभिन्न तहबाट दिएको दुख सम्झेर प्रेसमिटमै भक्कानीएर रोईन ।

नारीहरुको मन कमलो हुन्छ र सहन नसकेर छिटो आशु झर्छ भन्ने गरीन्छ त्यो सत्य पनि हो अनि छोरा मान्छे रुन हुन्न भन्ने चलन छ नेपाली समाजमा ।

तर मन सबैको उस्तै हो आशु नझर्ने भन्ने नै हुदैन । हाल प्रदर्शन भैरहेको बोबी फिल्मका कलाकार तथा कथाको रियल र रिल पात्र उमेश थापाले आफुलाई सम्हाल्न सकेनन कुमारी सिनेमा हलमा भएको प्रीमियरमा ।
हाल प्रदर्शन भैरहेको बोबी फिल्मका कलाकारद्धय उमेश थापा र कविता गुरुड रियललाईफका श्रीमान श्रीमती ।

अहिले पनि सिनेमा हलमा दर्शक माझ पुगेर रोईरहेका छन् । उमेश थापा बोबीको प्रीमियरमै रोए आफ्नो रियल जिन्दगीको स्टोरी फिल्ममा आफ्नै अभिनय देखेर । बाबु आमाको ईच्छा बिपरित भागेर बिहे गरेको त्यसपछिका संघर्षहरु फिल्ममा भएकोले बोबी फिल्मको घोषणा कार्यक्रम देखि नै रोएकी कविता गुरुड प्रीमियरमा आएर पनि फर्किन सम्हालीन सक्दीन भनेर ।

फिल्म पण्डीत बाजेको लौरी चाबहिल केएल टावरस्थित क्युएफएक्स हलमा गरीएको प्रीमियरमा लिड रोल गरेकी सन्ध्या केसीले आफुलाई सम्हाल्न नसकेर फिल्म हेरीसकेपछि सबैको तारीफ सुनेर रोईन र आफैले गरेको अभिनय हेर्दै रोईरहिन ।


थुप्रै कलाकारहरु सार्वजनिक कार्यक्रममा आफुलाई सम्हाल्न नसकेर रोएका छन । तर तिनै रुवाई र आंशुर्को सकरात्मक नकरात्मक टिप्पणी भने हुने गर्छ कसैले नाटक भन्छन् कसैले फिल्म चलाउने बाहना भन्छन त कोही साथ दिएर संगै रोईदिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय