केही साता पछि सुरु हुन थालेको विश्वकप फुटबलले अब नेपाली कलाकर्मीहरुलाई बिस्तारै छुन थालेको छ।
सामाजिक संजालमा आफ्ना– आफ्ना मनपर्ने टिमको जर्सी लगाएर फोटो हाल्न थालेका छन् । यसै मेसोमा गायिका र मोडलको परिचय बनाईसकेकी लक्ष्मी आचार्यले पनि आफुलाई अर्जेन्टिनाको समर्थनमा उभ्याएर नबिन के श्रेष्ठसंग बिशेष फोटोसेसन नै गराएकी छिन् ।

बच्चैदेखि खेलप्रेमी भए पनि खेलाडी बन्न नसकेको कुतकुती उनलाई अहिले पनि छ।त्यसैले गायन र अभिनयसंगै खेलप्रेमी पनि हु भनेर चिनाउने अभिप्रायले आफुले फोटो सुट नै गरेको दावी उनले गरिन ।

मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी हुन् । दोहोरी गायनबाट कलाक्षेत्र रोजेकी उनका ‘नजिक नजिक सछर्न्’, ‘तीन साल अमेरिका’, ‘यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो’ लगायतका दोहोरी गीत पनि चर्चामा छन् । सानैदेखि गीत गाउने आचार्य यसबर्षको विश्वकप अर्जेन्टिनाले जित्ने दाबी गर्छिन् ।


