राजदेबी प्रडक्शन ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बनेको नेपाली चलचित्र यो पागल मन को ट्रेलर आज सार्वजनिक गरीएको छ ।
दरबारमार्ग राईजीङमल स्थित क्युज सिनेमामा पत्रकार सम्मेलन गरी यो पागल मनको ट्रेलर सार्वजनिक गरीएको हो ।
कल्याण अधिकारीले निर्देशन गरेको यो पागल मनलाई बिरेन्द्र कुमार यादव र निर्देशक कल्याण घिमिरेले निर्माण गरेका हुन ।
यो पागल मन आगामी असरार २९ गतेबाट नेपालभर प्रदर्शन गरीने निर्माण युनिटले जानकारी गराएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक कल्याण अधिकारीले फिल्म टिन एज लभस्टोरी रहेको बताए । यो उनको डेब्यु निर्देशन हो ।
कार्यक्रममा निर्मातासंघका अध्यक्ष आकाश अधिकारी चलचित्र प्राबिधिकसंघका अध्यक्ष पुष्कर लामा लगाएतले यो पागल मन सफलताको शुभकामना प्रदान गरे ।
शम्भु सापकोटाले छांयाकन गरेको फिल्ममा कमल राईले नृत्य निर्देशन गरेका छन् भने राजु किरात राईको द्धन्द्ध निर्देशन रहेको छ ।
अर्जुन पोख्रेलको संगित रहेको योपागल मनको गितमा राजेश पायल राई अन्जु पन्त दुर्गा खरेल भुवन प्यासी र सुरेश लामाले स्वर दिएका छन् ।
भोमान कटुवालले सहायक निर्देशक रहेको यो पागल मनमा अनिल गौतमको सम्पादन तथा दयाराम पाण्डेको गित रहेको छ । ऋचा सिङ ठकुरी ,बिनोद न्यौपाने गौरी मल्ल लगाएतको अभिनय रहेको छ ।


