रोजीमा प्रदिपको नया अवतार

२०७५ जेष्ठ २, बुधबार १५:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

लामो कपाल र दाह्री–जुंगा पालेका यूवा स्टार नायक प्रदिप खड्का हातमा हथकडीसहित अदालत परिसरमा देखिएको दृश्यसहित आजबाट चलचित्र रोजी छांयांकनमा गएको छ ।

प्रदीपको साथमा नायिकाद्वया परमिता राज्य लक्ष्मी शाह र मिरुना मगरको रोजीमा मुख्य भूमिका रहनेछ ।

‘होमवर्क’ पछि फिल्म निर्देशनमा फर्किएका निर्देशक पौडेलले ‘रोजी’ सस्पेन्स लभ स्टोरी फिल्म बताए । फिल्ममा प्रदीप, परमिता र मिरुनासँगै नायक कर्म, वरुण राणा लगायतको पनि रहनेछ ।

‘रोजी’ मा अर्जुन पोखरेल र एलिश कार्कीको संगीत दिदैंछन् भने राजुविक्रम थापाले खिच्दैछन् । फिल्मको कथा अनुप सापकोटाले तयार गरेका हुन् , पटकथा तथा सम्वाद केदार भाुषालको छ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण फिल्मका प्रस्तुतकर्ता उद्दव पौडेल हुन् । आयरा पौडेल र आरोही केसीको लगानी रहनेछ भने सम्पादन मित्र डी गुरुङले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय