सुनकेसरीको ‘मायाले छोई’ सार्वजनिक

२०७५ बैशाख २२, शनिबार ०९:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनकेशरी  फिल्ममा समाबेश गीत ‘मायाले छोई’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको संगीत रहेको छ भने सनुप पौडेलको स्वर रहेको छ ।

फिल्मका २ मुख्य पात्र सन्नी ढकाल र लौरेन लोफबर्ग फिचर्ड छन ।

रिचा शर्मा, भिम न्यौपाने, शर्मिला सापकोटा लगायतको संयुक्त लगानिमा निर्माण भएको फिल्ममा अर्पण थापाको कथा तथा निर्देशन रहेको छ ।

फिल्ममा रिचा शर्मा, रबिन्द्र झा लगायत नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ ।

निर्माता संघ र चलचित्र संघको बिचमा वार्ता नमिलेको खण्डमा जेष्ठ ११मा फिल्म रिलिज होला कि नहोला भन्ने प्रश्न पनि उठेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय