रुमानी र प्रेमालयको घोषणा

२०७५ बैशाख २०, बिहीबार १४:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दुई चलचित्र रुमानी र प्रेमालय निर्माणको औपचारीक घोषणा गरएिको छ । मोडल निराजन प्रधान र अभीनेत्री मरिष्का पोख्रेलको जोडी प्रेमालयमा हुनेछन् ।

बिदेश बस्ने छोरा छोरी,बुहारीको बच्चा स्याहार्ने बिषयबस्तुमा आधारीत प्रेमालयलाई कुमार शाहले निर्देशन गर्देछन् । दुई सातापछि छांयाकनमा जाने प्रेमालयमा सन्नी ढकाल रबीन्द्र झा लगाएत कलाकारको अभिनय रहने छ ।

एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने प्रेमालयमा कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै, निर्मातामा सुभाष श्रेष्ठ, सह(निर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन् ।

प्रेमालय’ टिमले नै निर्माण गर्न लागेको दोस्रो फिल्मको पनि घोषणा गरियो । ‘रुमानी’ नाम तय गरिएको यसलाई मनोज अधिकारीले निर्देशन गर्दैछन् ।

विदेश गएकी पत्नीले आफ्नो पति अर्कैसँग प्रेममा पर्दा पाएको पीडा र पतिलाई पुनः आफ्नो प्रेममा पार्न गरेको संघर्षको कथा बोल्नेछ ।

‘रुमानी’ मा ‘ लिड कलाकार सन्नी ढकाल मात्र फाइनल भएका छन् । चाँडै अन्य कलाकार पनि छनौट गरेर छायांकन थाल्ने निर्देशक अधिकारीले जानकारी दिए । ‘रुमानी’छायांकन  अधिकांश अष्ट्रेलियामा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय