जेठ महिनामा प्रदर्शन मिति तोकीएका चलचित्रहरु अन्यौलमा परेका छन् ।
चलचित्र निर्मातासंघले शेयर बाडफांडको बिषयलाई लिएर बार्ता नमिले आन्दोलन गर्ने बताएको छ ।
जसका कारण जेठ ४ मा प्रदर्शनमा आउने हैरान , जेठ ११ मा प्रदर्शनमा आउने ब्ल्याक ,सुनकेसरी ,झमकबहादुर लगाएत जेठ महिनामा प्रदर्शनमा आउने फिल्महरु अन्योैलमा छन् ।
कतिपय फिल्मले त प्रचारप्रसारलाई तिब्र बनाईसकेका छन् । हामीलाई त निर्मातासंघका अध्यक्ष आकाश दाईले बोलाएर फिल्मको काम केही समय रोक्नुपर्ने भयो भनेपछि हामी तनावमा छौ झमकबहादुर फिल्मका युनिटका अशाृक थापाले भने ।
जेठ १ गतेसम्म चलचित्र संघले मागको सुनुवाई नगरे ख जेठ २ गतेबाट चलचित्र प्रदर्शन रोक्ने निर्मातासंघको अडान छ । चलचित्र निर्मातासंघ र चलचित्रसंघ बिच बार्ता अहिलेसम्म शुरु भएको छैन ।


