हिरो खोज्ने टे«न्डलाई तोड्यो कोहलपुर एक्सप्रेसले

२०७५ बैशाख २०, बिहीबार ०८:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका रेखा थापाले नेपाली फिल्म ईन्डष्ट्रीमा हिरो राख्ने परम्परालाई तोडेकी हुन ।
तत्पश्चात अहिले नायिका केकी अधिकारी निर्मित नेपाली चलचित्र कोहलपुर एक्सप्रेसले नेपाली चलचित्र क्षेत्रमा हिरो गतिलो नभए फिल्म चल्दैन भन्ने मान्यतालाई तोडेको छ ।
बैशाख १४ गतेबाट प्रदर्शनमा आईरहेको फिल्म कोहलपुर एक्सप्रेस केकी अधिकारी ,प्रीयंका कार्की र ऋचा शर्माले लिड गरेका छन् ।
प्रदर्शन भएलगत्तै बिशाल भन्डारी निर्देशीत फिल्म कोहलपुर एक्सप्रेसले हिन्दी चलचित्र मुम्बाई एक्सप्रेसको हुबहु कपी भनेर रिभ्यु पायो ,तर रिभ्युले कुनेै असर गरेन । फिल्म कोहलरपुर एक्सप्रेसले जस्तो रिभ्यु पाइपनि दर्शहरु भने पुरा मनोरञ्जन लिएर फर्कीरहेका छन् ।
यद्यपी अहिलेसम्म पनि निर्माण युनीटलाइ बिशेष त केकी अधिकारी जस्तो अनुभवी कलाकारले आफ्नो फिल्ममा मौलीकता नल्याएकोमा फिल्मप्रति चासो राख्नेहरुको गुनासो हो ।
तर नायिका केकी अधिकारी लगाएत निर्देशक बिशाल भन्डारीले प्रभावित मात्रै भएको हो भन्दै पत्रकार सम्मेलन गरेरै जानकारी दिने बताएका छन् ।
ठुला चलचित्रका कारण कम शो फिल्मले पाए पनि माउथ पब्लीसीटीका कारण फिल्मले ब्यापार पनि राम्रो गरेको निर्माण पक्षको दाबी रहेको छ ।
सिङगल थिएटरमा भन्दा मल्टीप्लेक्समा फिल्मले राम्रो ब्यापार गरीरहेको छ ।
बुद्धी तामाङ ,रबिन्द्र झा ,बिनोद न्यौपाने लगाएतको अभिनय रहेको फिल्ममा पब्लीसीटीको बेला देखिनै प्र्रीयंका ,केकी र ऋचा देखिएका थिए ।
तिन हिरोईनको स्टार भ्यालुका कारण फिल्म कोहलपुर एक्सप्रेस हेर्न दर्शकहरु सिनेमा हल पुगीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय