कोहलपुर एक्सप्रेसमा ऋचा शर्मालाई झड्का

२०७५ बैशाख २०, बिहीबार ०६:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

नायिका ऋचा शर्मा बेलाबखतमा विवादमा परिहन्छीन उनले दिएको अभिब्यक्तिका कारण होस या उनका निजी जिन्दगीका प्रेम बिछोडका कारण ,या मिडियासंग प्रस्तुत हुने शैलीका कारण ।

हुन त ऋचा शर्मालाई शिक्षित र बौद्धिक नायिकाको रुपमा लिईन्छ तर बेला बेला कहा के बोल्ने भनेर अनभिज्ञ हुदा बोलीमै चिप्लीन्छीन् र उनको नामामा विवाद हुन्छ ।

ऋचाको अभिनयको सबैले खुलेरै तारीफ गर्छन तर फिल्मी करीयरमा खासै डिमान्डेड बन्न सकेकी छैनन आफ्नै संतुष्टीका लागि भन्देै काम गरीरहेकी नायिका ऋचाले प्रदर्शन भैरहेको कोहलपुर एक्सप्रेसमा अभिनयको आलोचना खेप्नु परेको छ ।

त्यसो त यो कुरालाई उनि आफैले स्विकारेकी छन् । केकी अधिकारी आफ्नो साथी भएकोले अभिनय गरेको बताउने ऋचाले कोहलपुर एक्सप्रेसमा बार गर्लको अभिनय गरेकी छन् फिल्ममा केकी र प्रीयंका कार्कीको अभिनय स्वाभाविक लागे पनि ऋचा शर्माको अस्वाभाविक लाग्छ ।

निर्देशक बिशाल भन्डारीले ऋचाको क्यारेक्टरलाई दमदार बनाउन सकिने ठाउ हुदाहुदै लटरपटर पारीदिएका छन् जस्को अपजस ऋचाले खेपीरहेकी छिन् ।

ऋचा शर्माको प्रोफाईल अनुसार चर्चा र आलोचना भएको हो यदि अन्य कलाकारले अभिनय गरेको भए खासै चर्चा हुदैनथियो होला ।

मोडल तिर्सना बुढाथोकीको साहारा लिएर चर्चामा आएकी हिरोईन भनेर समेत आलोचना खेपेकी ऋचाले

संगेैको सहकर्मीसंग एउटै फ्रेममा आफुलाई कम्जोर रुपमा पाउदा ऋचा लाई यतिबेला कोहलपुर एक्सप्रेसमा गरेको अभिनयले झड्का लागेको छ ।

ऋचा शर्मा सुनकेशरीको प्रदर्शनको तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय