‘गोपी’ निर्माण घोषणा

२०७५ बैशाख २०, बिहीबार ०४:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली चलचित्र ‘गोपी’को ओपचारिक निर्माण घोषणा गरिएको छ ।

। ‘गोपी’मा ‘धनपति’का जोडी खगेन्द्र लामिछाने र सुरुक्षा पन्त पुनः एकसाथ देखिने भएका छन् ।

चलचित्रलाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । गत वर्ष उनले ‘घामपानी’ निर्देशन गरेका थिए । चलचित्रमा लामाको  कथा रहने छ भने सामिप्यराज तिमल्सेनाको पटकथा रहनेछ ।

भदौ १ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रमा खगेन्द्र र सुरक्षाको साथमा अंकित खड्का र प्रकाश घिमिरेको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई आरोही केसी निर्माताको रूपमा रहेको छन् भने सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रूपमा रहेको छ ।

काठमाडौँ लगायतका तराईको केही दृश्य छायाङ्कन हुने चलचित्रलाई शैलेन्द्र डी.कार्कीले खिच्नेछन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

निर्माण पक्षको अनुसार चलचित्रमा एक य्ुवा जो नेपाल बसेर आफ्नो व्यवसाय गर्दछ र सोही क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नितिगत अड्चनलाई उसले कसरी समाधान गर्छ र सफलता हात पार्छ भन्ने कुरालाई उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय