दश लाख लिएको रामकहानी गितमा माग्ने बुढाको एक सिन

२०७५ बैशाख १७, सोमबार १०:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धुर्मुस सुन्तली निर्मित मुशहर बस्तीमा छांयाकन गरीएको रामकहानी चलचित्रको गित सार्वजनिक गरीएको छ ।

अर्जुन पोख्रेलको शब्द  संगितमा सुगम पोख्रेल र अञ्जु पन्तको स्वर रहेको तिम्रो लागि म छु बोलको गितमा नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ फिचरीङ रहेका छन् ।

हांस्य कलाकार केदार घिमरे माग्ने बुढा , जितु नेपाल मुन्द्रे र वील्सन बिक्रम राई तक्मे बुढाको अभिनय रहेको फिल्म रामकहानीका निर्देशक तथा लेखक सुदर्शन थापा हुन ।

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको संयुक्त लगानी रहेको फिल्म रामकाहानी आगामी भदौ २२ गतेबाट प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण युनिटले जनाएको छ ।

 

कबिराज गहतराजले कोरीयोग्राफ गरेको रामकहानीको गितको भिडियो अकार्षक रहेको छ । कार्यक्रमको लागि बर्मा पुगेका केदार घिमिरे माग्ने बुढा रामकहानीको गित लन्चमा एयरपोर्टबाटै गित लञ्च कार्यक्रमस्थल राईजिङ मल पुगेका थिए ।

माग्ने बुढा केदार घिमिरेले रामकाहनी फिल्मको लागि दश लाख पारश्रमीक लिएका थिए । कार्यक्रममा नायिका पुजाले माग्ने बुढाले २० लाखको काम गरेको बताईन ।

सार्वजनिक गितमा भने माग्ने बुढा , जितु नेपाल र विल्सन बिक्रम राइलाई एक एक सिनमा मात्रै देखाईएको छ ।

गितको भिडियो

https://www.youtube.com/watch?v=aCcBpNDx0sY

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय