अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि जबर्जस्ती सम्बन्ध राखेको आरोप लगाएकी हुन् ।
एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती बलात्कार गरेको युवतीको दाबी छ । आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले लेखेकी छन् ।
‘कुरा गर्दै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, आफ्नै दाइझैँ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय आयो। मैले आफ्ना सबै पीडा, संघर्ष(रुँदै, बताउँदै, कति गाह्रो भइरहेको छ भनेर सुनाएँ। तर मलाई थाहा थिएन( जसलाई मैले दाइ मानेकी थिएँ, जसलाई हाम्रो परिवारले पनि आफ्नै मान्थ्यो, त्यो मान्छे वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ’, उनले लेखेकी छिन् ।
परिवारलाई आफूले भन्न चाहे पनि त्यो अवस्थामा परिवार नै टुट्छ कि भन्ने डर लागेको उनको भनाइ छ । कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ रु भन्दै उनले बलेलाई ट्याग गरेर प्रश्न गरेकी छन् ।
आरोप लगाउने युवती फिल्मकर्मी परिवारकै सदस्य र स्वयं प्रतिभाशाली कलाकार हुन् । उनलाई नजिकबाट चिन्नेहरुले घट्ना नभै यत्तिकै बोल्ने हिम्मत कसैले नगर्ने र घट्नाको छानबिन गरी दोषी उपर कारवाही हुनुपर्ने भन्दै सागर लम्साल बलेको आलोचना गरीरहेका छन् ।


