दादाहरुलाई केही नभनीदिनु होला -अशोक दर्जी

२०८२ चैत्र १९, बिहीबार १५:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

गायक अशोक दर्जी झापास्थित आफ्नै घर फर्किएपछि सामाजिक सञ्जालमा बिभिन्न टिप्प्णी भैरहेको छ । संगीतकार टंक बुढाथोकीले अशोकलाई प्रयोग गरेर बिचमै छाडेको भन्दै टंकको आलोचना भइरहेको छ। अशोक घर गएको जानकारी टंकले गत आइतबार आफ्नै सामाजिक सञ्जालमार्फत दिएका थिए। अशोक अहिले कक्षा ९ को अन्तिम परीक्षा दिएर बसेका छन्।सामाजिक सञ्जालमा आलोचना कमेन्ट बढेपछि टंकले केही समय अगाडी मात्र सामाजिक सञ्जालमार्फत लामो स्टाट्स लेख्दै आफ्नो स्पष्टीकरणसमेत दिएका थिए। उनले स्पष्टीकरण दिएपछि अशोकले पनि आफ्नो भनाइ भिडियो मार्फत राखेका छन्।

भिडियोमा अशोकले भनेका कुरा;

अहिले सामाजिक सञ्जालमा अशोक १२ सम्म काठमाडौँमै बसेर पढेको भए हुन्थ्यो वा किन झापा फर्कियो भन्ने कुरा भइरहेको छ। साँच्चै भन्नुपर्दा, म घर सल्लाहले नै झापा आएको हो।

टंक दाइ, ड्याडी र सबै जनाको सल्लाहले गर्दा म झापामा छु। मेरो घरमा धेरै समस्या आइरहेकाले, त्यसलाई फेस गर्न म अगाडि बढेको हो। मेरो बाबा पहिला जति, अहिले काम गर्न सक्नुहुन्न। उहाँ अलि कमजोर हुँदै गइरहनु भएको छ। मेरो ममी अलरेडी बिमारी हुनुहुन्छ।

उहाँले पनि घरको कामहरू गर्न सक्नुहुन्न। मेरो ३,४ वर्षको बहिनीहरू छ। तीनजना दिदीबहिनी छन्। भाइ छ। यिनीहरूको भविष्य पछि गएर मेरो हातमा छ। यिनीहरूले पछि ठूलो भएर मलाई दाइ तपाइले मेरो लागि के गर्दिनुभयो भनेर प्रश्न सोध्न सक्छन्। त्यतिबेला म सँग उत्तर नहुन सक्छ। त्यसैले अहिलेदेखि नै मैले बलियो भएर आफ्नो परिवार हेर्न थालेँ भने, केही हुन्छ जस्तो लागेको छ। म अगाडि बढी पनि रहेको छु।

म काठमाडौँ बसुन्जेल टंक र टिका दादाले मलाई मान्छेसँग कसरी बोल्नुपर्छ र आफूभन्दा ठूलोलाई कसरी आदर गर्नुपर्छ भन्ने सिकाइदिनुभयो। पहिले एकदमै मिस्टेक गरेर गीत गाउँथेँ, अहिले एक्लैले म स्टेज सम्हाल्न सक्ने भएको छु। तपाइहरूँ चिन्ता नगर्नु। अशोक झापा आएर पढ्न छोड्यो, फेरि बाटोमै पुग्यो भन्ने त्यस्तो समाचार सुन्न पाउनुहुनेछैन।

मैले अहिले भर्खरै कक्षा ९ को अन्तिम परीक्षा दिएको छु। परीक्षा पनि एकदमै राम्रो भएको छ। अहिले पढी नै रहेको छु। म आफ्नो भाइबहिनीलाई स्कुल छोडेर, आफू स्कुल जान्छु। अनि फेरि भाइबहिनीलाई लिन जान्छु। त्यसपछि आएर फ्रेस भएर खाना साना खाएर भाइबहिनीलाई एक छिन पढायो, म पनि पढेँ। त्यसरी नै मेरो जिन्दगी चलिरहेको छ अहिले।

घरको जिम्मेवारीहरू सबै मैले नै उठाइरहेको छु अहिले। मलाई यहाँसम्म पुर्‍याउन टंक दाइकै हात छ। दाइले हरेक चिजहरू सिकाएरै, आज म यहाँसम्म छु। हजुरहरूले अशोकलाई ११,१२ यही काठमाडौँमै पढाइदिएको भए हुन्थ्यो, त्यो बाबुले अब ठूलो शिक्षा कहाँबाट पाउँछन्रु, त्यो भाइसँग कहाँ छ पैसारु भनेर मेरो बारे चिन्ता लिइरहनुभएको छ। अहिले म जहाँ पढिरहेको छु, त्यहाँ एकदमै राम्रो छ। सुरु दिन मैले त्यही स्कुलबाट स्टार्ट गरेको थिएँ, अहिले म त्यही स्कुलमा जोइन भएर पढिरहेको छु नाइन क्लासमा। अब फाइनली म १० कक्षामा पुगिसकेको छु। हजुरहरू चिन्ता नगर्नुहोला।

तपाइहरूँ ढुक्क बस्नुस्। अशोक सधैँ संगीतकै लागि जन्मेको हो। म सधैँ संगीतकै लागि रहनेछु। अनि त्यताबाट टंक दादाको, टिका दादाको सपोर्ट छँदैछ। हाम्रो कुरा भइरहन्छ। दादासँग पनि म बोलिरहन्छु। अब झापाबाट पनि म एल्बमहरू निकाल्दै छु। म कम्पोज गर्न सिकिरहेको छु। आफैले गीतहरू पनि लेखिरहेको छु। हजुरहरू चिन्ता नगर्नुहोला।

अनि हजुरहरूलाई अशोकले अगाडि नै आएर यो कुरा किन भनेनरु भन्ने दिमागमा आउन सक्छ। म दुई दिनदेखि एकदमै रुघा–खोकी लागेर बिरामी भएको छु। त्यसैले मैले भिडियो बनाउन पाइनँ। मैले टिकटकहरूमा चाहिँ देखिराथेँ। कमेन्टहरू पढ्दा र कतिले मलाई सपोर्ट गरेको देख्दा, मलाई पनि नराम्रो लाग्यो। तर मलाइ दादाहरूले त्यो तरिकाले धकेलेर पठाएको हैन। म झगडा परेर घरबाट निक्लेको हैन। मैले दादालाई, म कक्षा १० सम्म यही झापामै पढ्छु भनेको हो। मेरो दिदी पनि विदेश जाँदै हुनुहुन्छ। त्यतिबेला दिदीले सबै घर परिवारहरू सम्हाल्न सकिहाल्नुहुन्छ। त्यतिन्जेल म यहीँ बस्छु दादा भनेर सल्लाह लिएर आएको हो। दादाले पनि ‘तैँले यहाँसम्म यो कुरा सोच्नु भनेकै मेरो लागि ठूलो कुरा हो, तँलाई यही बनाउनको लागि मैले तँलाई यति मिहिनेत गराएको हो, तैँले घरको जिम्मेवारी लिन सक्छस् भन्दा मलाई पनि खुसी लाग्छ’ भनेर भन्नुभयो।

अहिले म घर आएदेखि एकदमै राम्रो भएको छ। अहिले मैले एउटा स्कुटर पनि निकालेको छु। त्यसमै भाइबहिनीलाई स्कुल छोड्यो, अनि आफू पनि स्कुल गयो। त्यसैले हजुरहरूले फेसबुक र टिकटकतिर अशोकलाई किन निकाल्योरु, अशोकलाई ११,१२ पढाइदिएको भए हुन्थ्यो भनेर चिन्ता नगर्नुहोला। म चाँडै नै काठमाडौँ ११,१२ पढ्न आउनेछु दादाहरूसँगै बसेर। म यहाँ १० सम्म मात्र घरपरिवारहरू सम्हाल्नको लागि बसेको हो।

सबै जनालाई यो रिक्वेस्ट गर्न चाहेँ। कसैले पनि फेसबुकतिर, त्यस्तो चिन्ता नगरीकन, केही नभनी बस्नुहोला। चाँडै नै मेरो नयाँ फिल्म पनि आउँदै छ ‘पार्वती’ भन्ने। निता दिदीले मलाई लिएर नयाँ फिल्म पनि बनाउँदै हुनुहुन्छ। यसपालि पनि सपोर्ट गर्नुहोला। चाँडै झापाबाट एल्बम र गीतहरू पनि आउँदै छ। यही जानकारी दिएँ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय