‘गाउँछ गीत’मौलिक गायन रियालिटी शो अडिसन हुदै

२०८२ चैत्र १६, सोमबार ११:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित ‘गाउँछ गीत’ नामक मौलिक गायन रियालिटी शो हुने भएकाृे छ । कार्यक्रमको निर्देशन हरि शर्माले गर्नेछन् भने साइना क्रियसनले  निर्माण गरेको हो।

शोका लागि डिजिटल अडिसन यही महिनाको १८ गतेदेखि सुरु हुने जानकारी दिइएको छ । १६ वर्षभन्दा माथिका इच्छुक प्रतिभाहरूले आफ्नो गीत गाएको भिडियो ‘गाउँछ गीत’को फेसबुक पेजमार्फत अपलोड गर्न वा ह्वाट्सएपमार्फत पठाएर सहभागी हुन सक्नेछन् । मौलिक गायन रियालिटी शोकी निर्माता रोजी शिङ हुन् ।

शोमा संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरू थानेश्वर गौतम, संगीता राना प्रधान र सहिमा श्रेष्ठ  निर्णायकका रूपमा देखिनेछन्। प्रसारण साझेदारका रूपमा प्राइम टिभी  जोडिएको छ । नेपालकै मौलिक ढाँचामा निर्माण गरिएको उक्त कार्यक्रमलाई फरक शैलीको गायन रियालिटी शोका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम सञ्चालन सीता न्यौपाने र कोष खड्काले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय