
‘श्री बुकुरोः द होम कलिङको बुधबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर गरियो । फिल्मको कथ्य शैली, संवाद, कलाकारको अभिनय र छायांकन पक्षको सबैले खुलेर तारिफ गरे । फिल्म शुक्रबार अर्थात फागुन १ बाट प्रदर्शनमा आउदैछ ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, लय संग्रौला, मोहन निरौला, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान लगायतको अभिनय रहेको छ । रुबी सेन सिंह निर्माता रहेको फिल्मले पुरानो थाकथलोलाई बचाइराख्नुपर्छ भन्ने सन्देश दिँदै पारिवारिक सम्बन्धको कथा भनेको छ ।


