वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

२०८२ माघ २६, आईतवार १२:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट


वरिष्ठ कलाकार सुनिल थापाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतवार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो। कलाकार थापाका छोराले दागबत्ती दिएका थिए। उनका श्रीमती एक छोरा र एक छोरी छन । रास्ट्रीय झन्डा ओढाएर ससम्मान थापाको बिदाई गरियो ।

अन्तिम श्रद्धाञ्जलीको लागि चलचित्र बिकासबोर्ड चाबहिलमा स्वर्गीय थापाको पार्थिव शरीर राखिएको थियो जहाँ चलचित्र क्षेत्रका वरिष्ठ कलाकारहरु शुभेच्छुकहरु श्रद्धाञ्जली दिन पुगेका थिए ।

आर्यघाटमा भएको अन्त्येष्टिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गरे ।

थापाको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

थापाको निधनले परिवार, आफन्त तथा चिनेजानेका सबैलाई गहिरो शोकमा पारेको छ । थापाको हिजो शनिवार हृदयाघातका कारण निधन भएको थियो । स्वर्गीय सुनिल थापा रातेकाईला उपनामले चिनिन्थे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय