परानको बक्स अफिस रेकर्ड सबैभन्दा धेरै

२०८२ मंसिर ७, शनिबार ०७:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘परान’ ले प्रदर्शनको २१ औँ दिनमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कारोबार गर्न सफल भएको छ । सिनेपा बक्सअफिसको तथ्यांकअनुसार फिल्मले १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कारोबार गर्न सफल भएको हो । यससंगै अभिनेता नीर शाह अभिनीत फिल्म ‘परान’ ले २०८२ सालमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान बनाएको छ ।
दीपक आचार्य ‘काकु’ को निर्देशनमा बनेको ‘परान’ले दर्शकबाट प्राप्त ‘वर्ड अफ माउथ’ बलियो पाएकोछ । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ, बबिन राई लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय