नायिका साम्राज्ञीले प्रेमीसंग इगेजमेन्टको फोटो सार्वजनिक गरेपछि आलोचना

२०८२ मंसिर ७, शनिबार ०६:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो जन्मदिन मनाउँदै आफ्ना प्रेमीसंग इगेजमेन्टको फोटो सार्वजनिक गरेकी छन्। नायिका साम्राज्ञीले आफ्नो प्रे्रमीसंग इगेजमेन्ट गरेको जनाउ दिंदै फोटो सार्वजनिक गरेपछि अहिले सामाजीक संञ्जालमा आलोचना बढ्न थालेको छ ।
इन्स्टाग्राममा साम्राज्ञीले ‘एस प्लस बी’ अक्षरमार्फत आफूले इन्गेजमेन्ट गरेको जनाएकी हुन । साम्राज्ञीले सार्वजनिक गरेको प्रेमी मोडल तथा अभिनेता विशाल खरेल हुन । उनी अहिले अमेरिकाको पीटसबर्गमा बस्दै आएका छन् । पाँच वर्षअघि रिलिज भएको फिल्म ‘प्रेम दिवस’ मा बिशालले अभिनय गरेका थिए । त्यसपछि साम्राज्ञी र बिशालले म्यूजिक भिडियो खेलेका छन् ।
‘हारेँ हारेँ’ र ‘मालती’ यी दुई म्युजिक भिडियोमा काम गर्ने क्रममा साम्राज्ञी र विशाल नजिक भएका हुन् । झण्डै एकवर्षअघि यी दुईले ती म्युजिक भिडियोमा काम गरेका थिए । तर दुवैले सम्बन्धलाई गुपचुप राख्दै आएका थिए ।
साम्रज्ञीले आफ्ना प्रेमी बिशालसंग इगेजमेन्टका् तस्बीर सार्वजनिक गरेपछि यतिबेला टिकटकमा बिशाल खरेलको पुर्वपत्नी र २ बर्षको बच्चा रहेको भन्दै फोटो भिडियो सार्वजनीक भएको छ भने द्धय साम्राज्ञी र बिशाललाई पहिलो पत्नीलाई धोका दिएको भन्दै आलोचना भैरहेको छ । तर बिशालले पुर्व पत्नीसंग सम्बन्ध बिच्छेद गरीसकीएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय