हांस्य कलाकार किरण केसी प्रहरी चौकी निर्माण गरी हस्तान्तरण गर्दै

२०८२ आश्विन १२, आईतवार ०७:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हास्य कलाकार किरण केसीको पहलमा सातदोबाटो स्थित प्रहरी चौकी जनस्तरबाट निर्माण भएको छ । निर्माणको सम्पुर्ण काम सकेर दशै फुलपातीको दिन हस्तान्तरण गरीने कलाकार किरण केसीली बताए । ललितपुर निवासी कलाकार किरण केसीकै अध्यक्षतामा समिति बनाएर २०७१ सालमा सातदोबाटो प्रहरी चौकी निर्माण गरिएको थियो । सोही प्रहरी चौकी गत भदौ २३/२४ को जेनजी आन्दोलनले ध्वस्त बन्यो ।
कसैले अपराध गरे थुन्ने ठाउँ समेत नभएको ,र प्रहरीहरु बस्ने ठाउँ समेत नभएकाले हतार हतार शान्ति र नागरिकको सुरक्षाको प्रत्याभूतिको लागि चौकी निर्माणलाई आफ्नै पहलमा समिती बनाएर पहिलो प्राथमिकता दिएको कलाकार केसीले बताए ।

कलाकार किरण केसीले नगद ५० हजार सहयोगका साथै श्रमदान र अन्य चौकी निर्माणको लागि चाहिने हरेक सामग्रीहरुको लागि रात दिन नभनी लागि परेको र सबै टोलबासीहरुले सहयोग गरेको बताए । त्यसो त सातदोबाटोको दुईओटै प्रहरी चौकी ध्वस्त भएको थियो र दुईओटै चौकी निर्माण भैसकेको छ । हास्य कलाकार किरण केसीको कलाकारीतामा जति उचाई र पपुलारीटी छ उतिनै सामाजिक कार्यमा पनि लगाव रहेको छ ।
भिडियो लिंक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय