चीनसँग हवाई उडान सम्झौता नहुँदा पर्यटन क्षेत्रमा २२ करोड बढी घाटा

२०७९ जेष्ठ १७, मंगलवार ०२:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

छिमेकी मुलुक चीनसँग हवाई उडान सम्झौतामा सरकारले ध्यान नदिंदा पर्यटन व्यवसायमा झन्डै २२ करोड घाटा भएको तथ्यांक सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको सन्दर्भमा पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले चीनसँग नेपालले हवाई उडान सुचारु नगर्दा १ वर्षमा झन्डै २२ करोड घाटा भएको बताउनु भयो ।

राज्यले नेपालमा पर्यटन भित्राउन सहि नीति लिन नसकेको उहाँको गुनासो थियो । भारतसँग हवाई उडान सुचारु गरे पनि चीनको हवाई उडान सम्बन्धमा सरकारले वेवास्ता गर्दा पर्यटन क्षेत्र घाटामा गएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

चीनका लागि प्रस्तावित नेपाली राजदुतमा बिष्णुपुकार श्रेष्ठले आफुले कार्यभार सम्हाल्ने बित्तिकै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुग्ने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपाल एशोसीयसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टाका अध्यक्ष रमेश थापाले थलिएको पर्यटन क्षेत्रलाई माथि उठाउन सरोकारवाला सबै सक्रिय हुनुपर्ने बताउनुभयो । नाट्टाका पुर्व अध्यक्ष अच्युत गुरागाँईले चीनबाट पर्यटन भित्राउन सरकार र पर्यटन व्यवसायी सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा चाइना कल्चर सेन्टर नेपालका कन्ट्री डिरेक्टरले नेपालसँग सहकार्य गरी पर्यटन क्षेत्रको बृद्धि विकासमा सहयोग गर्ने बताउनुभयो । नाट्टाले अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा साँखुबाट नगरकोटसम्म पर्यटन व्यवसायीहरुलाई हाईकिङ गराएर नगरकोटमा कार्यक्रम गरेको थियो ।

https://www.facebook.com/watch?v=1182824312494226

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय