खोटाङ हलेसी दिक्तेल देश दर्शन बस सेवालाई भब्य स्वागत

२०७७ फाल्गुन ५, बुधबार ०३:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई यात्रामा सहजता प्रदान गर्ने उदेश्यले देश दर्शन बस सेवा संचालनमा आएको छ । काठमांडौ पोखरा, चित्तवन,जनकपुर लुम्बीनी भैरहवा लगाएतका ठाउँहरुमा संचालनमा आइसकेको
देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरुगरेको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौँबाट एउटा पर्यटक बस शुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गर्दै निरन्तर बस संचालन भैरहनु पर्ने बताउनु भयो । । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लगायत खोटा जिल्लाका स्थानीय तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले अन्तराष्टिय स्तरको देश दर्शन बस सेवा शुरु भएकोमा खुशी ब्यक्त गर्दै स्वागत गरे ।

नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौँ गन्तव्यअन्तर्गत दिक्तेल–हलेसी–काठमाडौँ पर्यटक बस सञ्चालन शुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल ९नाटा० का पूर्व अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

कोभीड १९ पछि आन्तरिक पर्यटकहरुको प्रर्बदन नगरी नेपालको पर्यटन क्षेत्रको विकास नहुने भएकोले बस सेवाले महत्वपुर्ण भुमिका खेल्ने नेपाल एशोसीयसन अफ टुर्स एण्ड टाभल्स नाटाका अध्यक्ष अच्युत गुरागाँईले बताउनु भयो । बिशेष सुबिधाका साथ नेपालको पुर्व मेची देखि पश्चिम महाकालीसम्म देशदर्शन बस सेवाले यात्रुहरुलाई सेवा दिने देश दशृन बस सेवाका प्रबन्ध निर्देशक श्रीकान्त आचार्यले बताउनुभयो ।

देश दर्शन बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालीम प्राप्त जनशक्ति रहेका छन् । प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय